१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेको एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री देउवालाई भेट गर्न एमसीसीका उपाध्यक्ष फतिमा जे सुमारसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

केहीबेरअघि सम्पन्न भेटवार्तामा एमसीसीसहित नेपाल र अमेरिकाबीचको सम्बन्धका बारेमा छलफल भएको प्रधामनमन्त्री देउवाको व्यक्तिगत ट्वीटर ह्याण्डलमार्फत जानकारी दिइएको छ । देउवाले लेखेका छन्, ‘हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेका छौं।’

भेटमा प्रधानमन्त्री देउवासहित कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी थिए ।

नेपालमा एमसीसीबारे तिब्र विरोध र बहस चलिरहेका बेलामा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहित हिजो काठमाडौं आएका थिए । उनीहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेट गरेर यथाशीघ्र एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ६ : ५४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्