११ कार्तिक २०८३, बुधबार | October 29, 2026

सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् ।

आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार गुरिल्ला स्टाइलले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए ।

‘सरकार र सभामुखको प्रवृतिविरुद्धमा एमालेले निरन्तर प्रतिवाद गर्छ, सरकार अहिलेका सभामुखका साथै अहिले भइरहेका गैरसंवैधानिक क्रियाकलापविरुद्ध एमालेले प्रतिवाद गरिरहन्छ’ प्रमुख सचेत भट्टराईले भने, ‘हामीले उठाएको मागबारे छलफल नै नगरी सभामुखले बलपूर्वक सदन चलाएर आफूलाई गुरिल्ला साबित गरे ।’

सदन अगाडि बढाउनुपूर्व सभामुखले छलफल, सहमतिका लागि कुनै प्रयास नगरेको बताउँदै उनले जबसम्म एमालेले उठाएको प्रश्नको उत्तर आउँदैन तबसम्म विरोध जारी रहने बताए ।

‘संसदीय परिपाटीको घोर उल्लंघन भइरहेको छ, सामान्यतया संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षी दल उठे मात्रै पनि संसद् चल्दैन । हामीले पनि पहिला त्यहीँ चलन बसाएको हो । हामीले विरोध गर्दागर्दै पनि सभामुखले यसरी सदन चलाउनु उनको गुरिल्लापनको व्यावहारिक प्रमाण हो,’ उनले भने ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेटमा के ल्याइयो भन्ने कुरा ठूलो नभएको बताउँदै उनले संसद्मा विधि के अपनाइयो भन्ने कुरा मुख्य भएको बताए । यसरी संसदमा प्रस्तुत हुनु घोर तानाशाही प्रवृत्ति भएको टिप्पणी उनले गरे । अहिले बजेटमा थपिएका केही कुराले जनतामा खासै प्रभाव नपर्ने भट्टराईले बताए ।

एमाले स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको टिप्पणी गरे । नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण मात्रै आएको उनले बताए । तर, सबै दलसँग सल्लाह गरेर बजेट संशोधन गरेको भए उचित हुने उनले बताए ।

एमाले केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भूमिका पनि निर्वाह नगरेको टिप्पणी गरे । संसद्मा के ल्याएको हो भन्ने पनि आफूलाई थाहा नभएको उनले बताए ।

सभामुख सापकोटाले असमान व्यवहार गरेको र आफूहरूप्रति असहिष्णु व्यवहार गरेको भन्दै उनले सभामुखलाई मान्न नसकिने बताए । सभामुखको गलत कामको आफूहरूले विरोध गरेको बाँस्कोटाले स्पष्ट पारे ।

‘त्यो कुर्सीमा बसिरहँदाखेरि सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो । यतिसम्म असहिष्णुता देखाइसक्नु भएको छ कि कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरुलाई समेत कार्यसूची र एजेन्डा दिनुहुन्न, यसरी उहाँले संसद कसरी चलाउनुहुन्छ ? हामीले अवरोध गर्न खोज्या हो र ? उहाँको तरिका गलत भयो त्यसको विरोध गरेको हो, प्रतिवाद गरेको हो,’ बाँस्कोटाले भने । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ६ : ४५ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय