१९ माघ २०८२, सोमबार | February 2, 2026

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानद्धारा बागमती प्रदेश सरकारलाइ एक करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण



भैरहवा । भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानले कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतको उपस्थितिमा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान लगायतका विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय निर्माण गरिएको बताइन् ।

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दे मुख्यमन्त्री शाक्यले स्वास्थ्यको गम्भिरतालाई ध्यानमा राखेर प्रदेशमा छुटै स्वास्थ्य मन्त्रालय बनाएको बताइन् ।

प्रदेश सरकारले तीनै तहका सरकारकाबीचमा पुलको काम गर्न सक्ने बताउँदै कोरोनाको महामारीको समयमा सरकार एक्लैले भन्दा पनि सबैको सहयोगबाट नियन्त्रण गर्न सक्ने उनले बताइन् । सरकारी र निजी क्षेत्र मिलेर कोरोना नियन्त्रणमा काम गरिने मुख्यमन्त्री शाक्यको भनाइ थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरणले प्रदेश सरकार खुसी भएको र यी सामग्रीको दुरुपयोग हुन नदिइकन सदुपयोग हुने बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीले बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइन् । प्रतिष्ठानले सात प्रदेशमा करिब ८ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ११ : २९ बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई