३ पुस २०८२, बिहिबार | December 18, 2025

बजेटमाथि अर्थमन्त्रीको चलखेलः १० करोडसम्मका निर्माण ठेक्का कार्यकर्तालाई दिने प्रपञ्च



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक लाभ लिने उद्देश्यले दलका नेता-कार्यकर्तालाई १० करोड रूपैयाँसम्मका सार्वजनिक निर्माणका ठेक्का दिन सक्ने गरी कार्यक्रम ल्याएका छन् ।

अर्थमन्त्री शर्माले संसद्मा शुक्रबार प्रस्तुत गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा बेरोजगार युवाहरूको श्रम समूह वा श्रम सहकारी गठन गरी त्यसमार्फत १० करोडसम्मको लागतका सार्वजनिक निर्माणमा सहभागी बनाउने कार्यक्रम राखिएको छ ।

लामो समयदेखि उपभोक्ता समितिका नामबाट नेता-कार्यकर्तालाई निर्माण कार्यमा सहभागी बनाएजस्तै अर्थमन्त्री शर्माले अहिले श्रम समूह वा श्रम सहकारीका नाममा नेता कार्यकर्तालाई ठेक्कापट्टामा सहभागी बनाउन खोजेका हुन् ।

विधेयकको बुँदा नं.२६ मा भनिएको छ, ‘बेरोजगार युवाहरूको विस्तृत लगत अद्यावधिक गरी एकीकृत अभिलेख तयार गरिनेछ । श्रम समूह वा श्रम सहकारीमार्फत युवालाई संगठित गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्न तालिमसहित यस्ता श्रम समूह वा श्रम सहकारीले सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्मको लागतको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानुनी प्रबन्ध गरिनेछ ।’

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो कार्यक्रम सिधै अर्थमन्त्री शर्माले राख्न लगाएका हुन् । उनका अनुसार मुलुकको विकासका काममा निर्माण व्यवसायीबाहेक अन्य समूहको आवश्यकता देखिए सम्बन्धित मन्त्रालयले यस्तो कार्यक्रम प्रस्ताव गर्न सक्छ ।

सबै पक्षको छलफलपछि कार्यक्रम बजेटमा राख्न सकिन्छ । तर, अहिले अर्थमन्त्री शर्माले नेता-कार्यकर्तालाई ठेक्का दिलाएर राजनीतिक स्वार्थ पूरा गर्न सिधै यो कार्यक्रम राख्न लगाएका हुन् । आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ६ : ५८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको