१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको घोषणा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकले आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व पुरा गर्न खोजेको बताएका छन् ।

बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् । उनले सरकारले पहिलो पटक ५ लाख गरिब परिवारलाई १० हजार रुपैयाँ दिने कार्यक्रममार्फत सम्झिएको पनि दावी गरे ।

मन्त्री शर्माले कोरोना प्रभावित अति गरिब परिवारलाई दशैं तिहारजस्ता चाडबाडको मुखमा राहत बाँड्ने सरकारको योजना रहेको बताउँदै कस्ता परिवारले रकम पाउने भन्ने विषयमा मापदण्डको तयारी भईरहेको जानकारी दिए ।

मन्त्री शर्माले अब हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने दावी गर्दै पुँजीगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने बताए ।

‘कुन आयोजनाको प्रगति कहाँ पुग्यो, समस्या भए के छ, निर्माण कम्पनी पुगे नपुगेकोसहितका कार्यहरुको अनुगमन गर्ने गरी संयन्त्र बनाईने छ । मन्त्री शर्माको भने ।

सरकारले बजेटको कुल आकार घटाए पनि पुँजीगत खर्च बढाएको भन्दै उनले खर्च प्रभावकारी बनाउन अनुगमनलाई प्राथमिकता दिने बताए

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ५ : २८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान