११ श्रावण २०८३, सोमबार | July 27, 2026

सरकारले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको घोषणा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकले आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व पुरा गर्न खोजेको बताएका छन् ।

बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् । उनले सरकारले पहिलो पटक ५ लाख गरिब परिवारलाई १० हजार रुपैयाँ दिने कार्यक्रममार्फत सम्झिएको पनि दावी गरे ।

मन्त्री शर्माले कोरोना प्रभावित अति गरिब परिवारलाई दशैं तिहारजस्ता चाडबाडको मुखमा राहत बाँड्ने सरकारको योजना रहेको बताउँदै कस्ता परिवारले रकम पाउने भन्ने विषयमा मापदण्डको तयारी भईरहेको जानकारी दिए ।

मन्त्री शर्माले अब हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने दावी गर्दै पुँजीगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने बताए ।

‘कुन आयोजनाको प्रगति कहाँ पुग्यो, समस्या भए के छ, निर्माण कम्पनी पुगे नपुगेकोसहितका कार्यहरुको अनुगमन गर्ने गरी संयन्त्र बनाईने छ । मन्त्री शर्माको भने ।

सरकारले बजेटको कुल आकार घटाए पनि पुँजीगत खर्च बढाएको भन्दै उनले खर्च प्रभावकारी बनाउन अनुगमनलाई प्राथमिकता दिने बताए

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ५ : २८ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको