१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

संसदको गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले आज बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन ।

बैठक आज दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आफूले गरेको १४ जना सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र नेकपा एमालेका सांसदहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएको थियो । ‘हामीमा गरिएको अन्यायबारे प्रस्ट नपारेसम्म संसद् चल्न दिन्नौं,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । एमाले विभाजनमा भूमिका सभामुख सापकोटाले खेलेको एमाले नेताहरूले आरोप लगाएका छन ।

एमालेका सांसदहरुको नाराबाजीकै बीच यसअघि बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेस भएको थियो । यस्तै, शुक्रबारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेस गरेका थिए ।

आइतबार बसेको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेपनि एमाले सांसदहरुको नाराबाजीका कारण सम्भव भएन । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठक सहज रुपमा सञ्चालन गर्ने गरी सहमति निर्माणका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ७ : ५५ बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार