२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ओमानमा आजदेखि सुरु हुने त्रिदेशीय क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारण डिशहोममा



काठमाडौं । नेपाल क्रिकेट संघ (CAN) र डिश मिडिया नेटवर्क लिमिटेडबीच  नेपाल र ओमानमा हुने एकदिवसीय अन्तराष्ट्रिय CWC League 2, Tri Nations Series (आईसीसी क्रिकेट विश्वकप लिग २ )को प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त आईसीसी क्रिकेट विश्वकप लिग २  CWC League 2, Tri Nations Series का छ वटा खेलहरु भदौ २८ देखि असोज ४ गते सम्म हुनेछन् । यो सम्झौताअन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिश होमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

जसअन्तर्गत हुने खेलहरु निम्न अनुसार हुने छ :

नेपाल र अमेरिकाबीच भाद्र २८ गते खेल हुनेछ । यस्तै नेपाल र ओमानबीच भदौ २९ गते हुनेछ भने ओमान र अमेरिकाबीच भदौ ३१ गते खेल हुनेछ ।

यसैगरी नेपाल र अमेरिकाबीच असोज १ गते, ओमान र नेपालबीच असोज ३ गते र ओमान र अमेरिकाबीच असोज ४ गते खेल हुने छ ।

सबै खेलहरु नेपाली समय अनुसार अपरान्ह ४१५ बजे ओमानको AL Amerat Cricket Stadium , Muscat बाट प्रत्यक्ष प्रशारण हुनेछन् ।

 

 

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ११ : ४४ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।