२५ माघ २०८२, आइतबार | February 8, 2026

सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादी विरुद्ध एमाले अध्यक्ष ओलीको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतका न्यायाधीसद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हुनेभनिएकोमा हेर्न नभ्याइने सूचीमा परेको हो । अब अर्को दिनका लागि पेशी तोकिनेभएको छ ।

पार्टीले कारवाही गरेको १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसमार्फत सभामुख सापकोटासहित निर्वाचन आयोग र एकीकृत समाजवादी विरुद्ध मुद्दा दायर गरेका थिए । रिटमा ओलीले सभामुखले गैरकानूनी काम गरेको आरोप लगाएका थिए ।

रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे आज सुनुवाइ हुन लागेको थियो ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा माधव नेपालसहितका सांसदको पद गुम्नेछ भने अन्तरिम आदेश जारी नभएमा एमालेले संसदमा गर्दै आएको अवरोध औचित्यहीन बन्नेछ ।

एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदसमेतले नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन् । निर्वाचन आयोगले दल दर्ता गरिसकेको छ ।

सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै एमालेले संसदको चालु अधिवेशन निरन्तर अवरुद्ध गर्दै आएको छ । सभामुख सापकोटाले भने अदालतमा विचाराधीन मुद्दामाथि संसदमा बहस गर्न नसकिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  २ : १३ बजे

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको