१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ ।

नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुन पुगेपछि सभामुख सापकोटाले आजका लागि हिजो सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा सहभागी हुन संसदमा रहेका सबै दलका संसदीय दलका नेतालाई निमन्त्रणा गरिएको थियो । तर, बैठकमा नेकपा एमाले भने अनुपस्थित भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका प्रेम सुवाल उपस्थित भएका छन् । यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी भएका छन् ।

सभामुख र आफ्नो दलबीचको विवादमा अन्य दललाई समेत बोलाइएको र त्यसमा पनि आफुहरुले कारवाही गरेका व्यक्ति समेत उपस्थित भएको भन्दै एमालेलेले बैठकमा अनुपस्थित भएको हो । एमालेले १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने या सभामुखले नै राजीनामा दिनुपर्ने नयाँ अडान राख्न थालेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ३ : ०६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्