७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कुशल र रोहित चम्किँदा अमेरिकामाथि नेपालको शानदार जित



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत अमेरिकामाथि नेपालले शानदार जित हात पारेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । उनी ९३ बलमा ८४ रन बनाएर आउट भए । रोहित भने ६२ रन बनाउँदै अविजित रहे ।

त्यस्तै, आसिफ शेख ४२ बलमा २ चौका सहित २३ रनमा क्याच आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर पेभेलियन फर्किए । विनोद भण्डारीले ३७ रन बनाए । अमेरिकाका लागि निसर्ग पटेल र नास्टुश केजोंगीले समान २र२ विकेट लिए भने कप्तान सौरभ नेत्रवालकरले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो ।अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले ।

त्यस्तै, निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टेभन टेलोर १४, नोस्थुस केन्जीगेले १३ तथा जस्कारना माल्होत्राले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले समान २र२ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

अब नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानसँग खेल्ने छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ०४ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२