१ भदौ २०८३, सोमबार | August 17, 2026

एकदिवसीय वरियतामा नेपालको सुधार



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आइसीसले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो ।

आइसीस विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो ।

ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो ।

एकदिवसीयमा वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ३ : २१ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ