५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

एकदिवसीय वरियतामा नेपालको सुधार



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आइसीसले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो ।

आइसीस विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो ।

ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो ।

एकदिवसीयमा वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ३ : २१ बजे

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु-१९

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी-२० मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा