४ बैशाख २०८१, मंगलबार | April 17, 2024

स्क्रबटाइफसबाट ८ बालबालिकाको निधन



काभ्रे । स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेढ महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका र २ बालक छन् । अधिकांश १४ वर्ष उमेर समूहभन्दा कमका छन् ।

‘स्क्रबटाइफसका कारण बालबालिका संक्रमण हुने र मर्ने क्रम अत्यधिक भएको छ’, धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा। सिर्जना डंगोलले भने, ‘संक्रमण भई अस्पतालमा आएकामध्ये ४० प्रतिशत बालबालिक मृत्युको मुखमा पुगेका छन् ।’

‘पछिल्लो ७ दिनमा २ बालबालिकाको निधन भएको छ’, डा.सिर्जना डंगोलले भने, ‘समयमै अस्पताल नआउँदा बिरामी ल्याएको २४ घण्टा पुग्न नपाउँदै निधन भयो ।’ अस्पतालमा अहिले एक जना आईसीयूमा छन् भने २ जना सामान्य वार्डमा उपचारार्थ छन् ।

धुलिखेल अस्पतालमा विभिन्न स्थानबाट आएका बिरामीमध्ये डेड महिनाको अवधिमा ३४ जना संक्रमित भएका छन् । जसमा ९ पुरुष र २५ महिला छन् । १६ वर्षमुनिका ६ बालक र ६ बालिका रहेका छन् भने ३ पुरुष र १९ महिला १७ वर्ष उमेर समूहभन्दा माथिका छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष स्क्रबटाइफसका कारण निधन हुने संख्या बढेको डा.डंगोलले बताए । अघिल्लो वर्ष जुलाईमा ८ जना, अगस्टमा २१ जना, सेप्टेम्बरमा ८, अक्टोबरमा २, नोभेम्बरमा २ जना स्क्रबटाइफसबाट संक्रमति भएको भए पनि निधन हुनेको संख्या न्युन थियो ।

स्क्रबटाइफसका बिरामी बढेसँगै स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयसँगको समन्वयमा सचेतना कार्यक्रम शुरु गरिएको डा.डंगोलले बताए । जनावर तथा ओसिलो स्थानमा पाइने किर्नालाई मुुसाको माध्यमबाट व्यक्तिको शरीरमा फैलने भएकाले मुसाबाट बच्न र सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

अस्पतालका मेडिकल माइक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपले धुलिखेल अस्पतालमा परीक्षण गरिएका १ सय ५० मध्ये ३४ जनाको तीन महिनाको अवधिमा पोजेटिभ देखिएको बताए । पोजेटिभ देखिनेमा बालबालिका धेरै छन् । डा.प्रकाश सापकोटाले स्क्रबटाइफसका बिरामी सातामा १, २ जना आउन थालेको बताए । स्क्रबटाइफसको लक्षण देखिएर पनि समयमै उपचार नहुँदा किड्नी, फोक्सो र दिमागमा असर पुर्‍याई व्यक्तिको निधन हुन पुग्ने डा.प्रकाश सापकोटाले बताए ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जिल्लाका विभिन्न स्थानमा स्क्रबटाइफसका बिरामी देखिन थालेकाले स्थानीय पालिका र नागरिक सचेत रहनुपर्ने बताए ।

कान्ति बाल अस्पताल, चितवनको भरतपुर अस्पतालमा पनि स्क्रबटाइफसका बिरामी देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा मोतीराम तिमल्सिनाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : १९ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि