१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

स्क्रबटाइफसबाट ८ बालबालिकाको निधन



काभ्रे । स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेढ महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका र २ बालक छन् । अधिकांश १४ वर्ष उमेर समूहभन्दा कमका छन् ।

‘स्क्रबटाइफसका कारण बालबालिका संक्रमण हुने र मर्ने क्रम अत्यधिक भएको छ’, धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा। सिर्जना डंगोलले भने, ‘संक्रमण भई अस्पतालमा आएकामध्ये ४० प्रतिशत बालबालिक मृत्युको मुखमा पुगेका छन् ।’

‘पछिल्लो ७ दिनमा २ बालबालिकाको निधन भएको छ’, डा.सिर्जना डंगोलले भने, ‘समयमै अस्पताल नआउँदा बिरामी ल्याएको २४ घण्टा पुग्न नपाउँदै निधन भयो ।’ अस्पतालमा अहिले एक जना आईसीयूमा छन् भने २ जना सामान्य वार्डमा उपचारार्थ छन् ।

धुलिखेल अस्पतालमा विभिन्न स्थानबाट आएका बिरामीमध्ये डेड महिनाको अवधिमा ३४ जना संक्रमित भएका छन् । जसमा ९ पुरुष र २५ महिला छन् । १६ वर्षमुनिका ६ बालक र ६ बालिका रहेका छन् भने ३ पुरुष र १९ महिला १७ वर्ष उमेर समूहभन्दा माथिका छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष स्क्रबटाइफसका कारण निधन हुने संख्या बढेको डा.डंगोलले बताए । अघिल्लो वर्ष जुलाईमा ८ जना, अगस्टमा २१ जना, सेप्टेम्बरमा ८, अक्टोबरमा २, नोभेम्बरमा २ जना स्क्रबटाइफसबाट संक्रमति भएको भए पनि निधन हुनेको संख्या न्युन थियो ।

स्क्रबटाइफसका बिरामी बढेसँगै स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयसँगको समन्वयमा सचेतना कार्यक्रम शुरु गरिएको डा.डंगोलले बताए । जनावर तथा ओसिलो स्थानमा पाइने किर्नालाई मुुसाको माध्यमबाट व्यक्तिको शरीरमा फैलने भएकाले मुसाबाट बच्न र सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

अस्पतालका मेडिकल माइक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपले धुलिखेल अस्पतालमा परीक्षण गरिएका १ सय ५० मध्ये ३४ जनाको तीन महिनाको अवधिमा पोजेटिभ देखिएको बताए । पोजेटिभ देखिनेमा बालबालिका धेरै छन् । डा.प्रकाश सापकोटाले स्क्रबटाइफसका बिरामी सातामा १, २ जना आउन थालेको बताए । स्क्रबटाइफसको लक्षण देखिएर पनि समयमै उपचार नहुँदा किड्नी, फोक्सो र दिमागमा असर पुर्‍याई व्यक्तिको निधन हुन पुग्ने डा.प्रकाश सापकोटाले बताए ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जिल्लाका विभिन्न स्थानमा स्क्रबटाइफसका बिरामी देखिन थालेकाले स्थानीय पालिका र नागरिक सचेत रहनुपर्ने बताए ।

कान्ति बाल अस्पताल, चितवनको भरतपुर अस्पतालमा पनि स्क्रबटाइफसका बिरामी देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा मोतीराम तिमल्सिनाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ७ : १९ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा