१६ चैत्र २०८२, सोमबार | March 30, 2026

न गठ, न बन्धन



काठमाडौं । नेपाली बृहत् शब्दकोशले गठ शब्दलाई यसरी अर्थ्याएको छ-‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला । मतो वा सल्लाह मिलेका मानिसहरूको समूह।’ बन्धनको अर्थ छ, ‘बाँध्ने काम ।’

सिंगो गठबन्धन शब्दको अर्थ हुन्छ, ‘कुनै कामकुराका लागि एक भएर मिल्ने कामस परस्परको मिलोमतो। कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना बित्यो । तर, अझैसम्म यसमा न गठबन्धनको स्वरूप देखिएको छ, न चरित्र नै । उल्टै बरु गठबन्धनमा सहभागी दलहरूबीच खटपट बढेको छ ।

संसद् छलेर ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश नै सत्ता गठबन्धनको गलपासो बनेको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवाका पक्षमा बहुमत पुर्‍याउन ल्याइएको अध्यादेशले अहिले गठबन्धनका दलमा हलचल पैदा गरेको छ । अध्यादेश फिर्ता लिन गठबन्धन भित्रैबाट देउवामाथि चर्को दबाब छ । तर, देउवाले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तार र उच्चस्तरीय संयन्त्र गठनलगायत काम रोकिएको नेताहरू बताउँछन् ।

‘अध्यादेश फिर्ता नहुँदा सत्ता गठबन्धनमा खाडल देखिएको हो,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद् विस्तार हुँदैन ।’

संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले अलग्गै दल दर्ता गर्न पाउने अध्यादेशको प्रावधानले सत्ता गठबन्धनका दल झस्केका हुन् ।

गठबन्धनको साझेदार जसपाले उक्त अध्यादेश फिर्ता नलिई मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् गठन नगर्न देउवामाथि दबाब दिएको छ । अध्यादेशलाई खारेज नगरी मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रीमा नअटेका सांसदहरूले पार्टी फुटाउन सक्ने जसपाको बुझाई छ । ‘हामीसँग त प्रधानमन्त्रीज्यू अध्यादेश खारेज गर्छु, भन्नुहुन्छ । तर, खै, अहिलेसम्म किन नगर्नु भएको हो रु’ यादवले आश्चर्य व्यक्त गरे । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ८ : ०६ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित