१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

लाफा समुहद्धारा असोज १५ देखी ‘बि’ लेभल भलिबल प्रतियोगिता हुदै



बुटवल । लाफा समुहले असोजको दोस्रो हप्तादेखि पुरुष भलिबल प्रतियोगिता गराउने भएको छ ।

खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै युवा खेलाडीलाई ब्यवसायिक बनाउन उदेश्यका साथ समुहको आयोजनामा असोज १५ देखि ३ दिने बि लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरिसमुहका अध्यक्ष तारा रेश्मीमगरले दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा मैदान निर्माण, टिम दर्ता लगायतका तयारी शुरु भएको बताए ।

प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका देशभरका विभिन्न जिल्लाका ३० वटा युवाहरुको टिमको सहभागिता रहने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि द्घितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

समुहले सामाजिक उत्तरदायीत्ब अन्तरगत एम्बुलेन्स खरिद, अनाथ/वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।

प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए ।

लाफा समुहले संचालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढि उमेर समुहका खेलाडीहरु बिहानसाझ प्रशिक्षण लिदै आएको प्रशिक्षक विजय गुरुङले बताए । समुहका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रको खेलकुद विकाशमा समेत टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ८ : ४१ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा