८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोभिडका कारण स्थगित ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता भोलीदेखी सुरु



बुटवल । कोरोना महामारी कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि स्थगित गरिएको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता भोलीदेखी सुरु हुने भएको छ ।

लाफा समुह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढेसंगै सरकारले विद्यालय, सार्वजनिक यातायात, सिनेमा हल, जिम हाउस लयायत खेलकुदका विभिन्न गतिविधिहरुमा रोक लगाएसंगै प्रतियोगिता पनि स्थगित गरीएको थियो ।

अहिले नेपालमा कोभिड संक्रमण कम हुदै गएपछि सरकारले रोक लगाएका क्षेत्रहरु खुले संगै प्रतियोगिता आयोजना गरीएको समुहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि उनले जानकारी दिए ।

समुहले माघको २२ र २३ गते २ दिने लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

हालसम्म प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ्ग, स्याङ्गजा, बाग्लुङ्ग र दाङ्गका खेलाडीहरुले टिम दर्ता गरेको खेल संयोजक पुरन गाहाले जानकारी दिए । अहिले सम्म खुल्लामा ३८ र भेट्रानमा २९ टिमले दर्ता गरेको उनले जानकारी दिए ।

प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाइ विशेष पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय दर्ता शुल्क र भेट्रान्सतर्फ २ हजार दर्ता शुल्क राखिएको थापाले जानकारी दिए । भोलि बिहान ९ बजे बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उदघाटन गर्ने संयोजक थापाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान गरिएको समुहका संरक्षक बासुदेब लामिछाने मगरले जानकारी दिए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए ।

लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समुहले यस वर्ष स्थानिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ बि लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ४ : २२ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र