७ आश्विन २०८३, बुधबार | September 23, 2026

माधव नेपाल गलत बाटोमा हिँडे : अष्टलक्ष्मी शाक्य



काठमाडौं । नेकपा एमालेकी नेतृ एवं बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपाल गलत बाटोमा हिँडेको बताएकी छिन्

बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले शाक्यले नेता नेपालले फुटको लाइन दिएर ठीक नगरेको बताएकी हुन् ।

माधव नेपालले लिएको लाइन ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यकता छ’, शाक्यले भनिन् । शाक्यले नेपाललाई आत्मसमीक्षा गरेर एमालेमा फर्किन आग्रह गरिन । उनले भनिन, ‘मेरो प्रस्ट धारणा छ । माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समीक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ। पार्टी विभाजन गरेर फाइदा हुन्न।’

केहिसमय अघिसम्म माधव नेपालको पक्षमा रहेकी नेतृ शाक्यले नेपाल नयाँ पार्टी बनाउने अभियानमा लागेपछि उनलाई छोडेकी थिइन । त्यसपछि पार्टीको संस्थापन पक्षले पुरस्कृत गर्दै बागमती प्रदेशको मुख्यमन्त्री बनाएको थियो । यद्यपी, एमालेबाट विद्रोह गर्दै नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेपछि शाक्य बागमती प्रदेशसभामा अल्पमतमा परेकी छिन् । अब उनले विश्वासको मत दिनुपर्ने बाध्यता छ । प्रदेशसभामा अहिले विपक्षी गठबन्धनको बहुमत छ ।

शाक्यले सुदृढ एमाले निर्माणमा सबै जुट्नुपर्ने बताइन । पार्टीलाई बलियो विचारयुक्त बनाउने दिशाबाट विचलिन नहुन कार्यकर्तालाई आग्रह गरिन् । उनले १० बुँदेलाई आधार बनाएर पार्टी अघि बढ्ने बताइन ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  २ : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११