४ पुस २०८२, शुक्रबार | December 20, 2025

बजेट रोकिँदैन : कानूनमन्त्री कार्की



विराटनगर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री कार्कीले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनले मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको बताए।

एक प्रश्नको जवाफमा एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्नुहुँदैन भन्दै मन्त्री कार्कीले नेपालको इतिहासमा पहिलो पटक आएको ठूलो अनुदान फर्केर जानसक्ने भएकाले त्यसबाट पर्नसक्ने असरबारे बुझ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको