३० चैत्र २०८२, सोमबार | April 13, 2026

एमाले अध्यक्ष केपी ओलीले १२ बुँदे भत्काएर द्वन्द्व निम्त्याउन खोजे : रामकुमारी झाँक्री



बुटवल । नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले १२ बुँदे सम्झाैताकाे कोर्स करेक्सन भत्काएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएकी छिन् । एकिकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले एमाले अध्यक्ष ओलीले १२ बुँदेको काेर्स करेक्सन भत्काउने र बैदेशिक हस्तक्षेप भित्राएर मुलुकलाई तहसनहस पार्न खाजेको बताईन् ।

उनले एकिकृत समाजवादी एमाले विभाजन भएर निर्माण भएको नभई एमालेबाट बिद्रोह गरेर निर्माण भएको स्पष्ट पार्दै सलाईको काँटीको झिल्को जस्तै बनेर प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन कार्यकर्ताहरुलाई आग्रह गरिन् । उनले सहकर्मी घनश्याम भुसाल सहितका पूर्व नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै अरूले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गरिन् । आफैले बनाएको दरबारमा बस्न आफुहरूले कठिन यात्रा तय गरेका छौं । उनले भनिन् ।

एमालेका केही नेताहरुले आफुलाई चुनौती रहित नेता बताउने गरेको बताउँदै नेतृ भाँक्रीले त्यस्तो सपना नदेख्न ती नेताहरुलाई चुनौती दिईन् । एकिकृत समाजवादीले ४० प्रतिशत युवाहरू अनिवार्य केन्द्रीय कमिटीमा राख्ने व्यवस्था गरेर पार्टीलाई नवजवानहरूको पार्टी बनाउन खोजिएको जिकिर गरिन् । उनले नेपालमा अग्रगामी बनाउने अभियान शुरू भएको उल्लेख गर्दै गलत प्रबृत्तिका बिरूद्ध बिद्रोह भएकाले एकिकृत समाजवादी पार्टीको भविष्य सुनिश्चित रहेको दाबी गरिन् । एमालेका नेताहरुले बिद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक भविष्य र ब्यक्तिगत भविष्यको ग्यारेन्टी बाँड्दै हिँडेको आरोप लगाउँदै भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरिन् । क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरुले चिन्ह होईन बिचार रोज्ने उनको बिश्वास छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै समाजवादीका अर्का नेता मेटमणी चौधरीले अहिले पार्टीको आकार सानो जस्तो देखिएपनि ५-६ महिना भित्र पार्टीको वास्तविक आकार देख्न सकिने बताए । उनले जनप्रतिनिधिहरु आवरणमा आफुहरुतिर नदेखिएपनि जनताको अपार समर्थन एकिकृत समाजवादीलाई रहेको दाबी गरे ।

बैठकले मेटमणी चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको उनले जानकारी दिए । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएको तथा १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु पनि पदेन सदस्य तथा जिल्लाबाट सिफारिस भए अनुसार थप सदस्य रहने गरि प्रदेश कमिटी गठन भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ५८ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्