६ चैत्र २०८०, मंगलबार | March 19, 2024

कन्टिनरको आभा



धरणीमा शुक्लपक्षीय चन्द्रमाको साम्राज्य बाँकी नै थियो । पूर्वबाट चियाउने लाली उषा क्षितिजको गर्भमै थिइन् । सडक वत्तीमा मिसिएको चन्द्ररश्मि सडकभरि छापिएको थियो । कुन्नी र झिङगुरको हातमा जागिरको नित्य कर्म लामो झाडु । दुबैजना आफनो र अर्काको हाँगो समातिएका हँसिला,रसिला गफहरु फुक्दै प्रार्िरम्भक विहानीको फुर्सदिलो सडकमा एकछेउबाट झाडु मच्चाउदै आइरहेका थिए । कन्टिनरको नजिक पुग्दा च्याँ..च्याँ..शिशु गुञ्जन सुनियो । कुन्नीले झस्कीदै, “अरे याँ कोई सैतान है भागो..”भनी । झिङुरले सुस्ताउँदै भन्यो, “रुक तने” । फेरि उही स्वर दोहोरियो,तर गलेको क्षीण अवस्थामा । झिङुर साहस बटुल्दै कन्टिनरतिर अगाडि बढ्यो । अनि कन्टिनरमा झाँकी हे¥यो, साल नाल सहितको सिङ्गो मानव जीव रहेछ ।

कथाकार

झिङुरले त्यो नवोदीत मानव जीवलाई मानसले छामी हे¥यो, प्रचुर सम्भावना भएको शिशु मानवको जाज्वल्यमान आभा देखेर अनुरक्त भयो । आश्चर्यभाव कुन्नीमा खन्यायो–
“अरे याँतो बच्चा है यार ।”

छामछुम पा¥यो । त्यो जीवनको संसार हेर्ने आँखा नउघ्रिए तापनि उसको प्राण जनित वायु र ताप शेष थियो । मानौं उसको जीवनको वत्ती अझmै निभ्न बाँकी रहेछ । उसका भावी अपार सम्भावनाहरुले आपराधिक समाजलाई गिज्याइरहेको थियो ।
झिङ्गुरको अन्तरहृदयलाई राग विरागले विस्मित पा¥यो ।

अनि तुरुन्त कुन्नीलाई भन्यो– तुरे दुपट्टा ला कुन्नी जल्दी ।

त्यो मानव जीवलाई छामछुम पारेर उसले साल नाल सहितै दुपट्टामा बेरेर काखमा लिएर एकछिन सांसारिक जीवनचक्रको पानाभित्र घोर्लियो । असंख्य सम्भावनाहरुको प्रतिबिम्ब उसको जीवनमा देख्यो । अनि केही पौराणिक आमाहरुलाई धिक्का¥यो–“हे पुत्र घातिनी आमाहरु, तिमीहरु सबैलाई धिक्कारछ । सात सात वटा पुत्र जन्म दिएर नदीमा विसर्जन गर्ने देवकीलाई धिक्कारछ । जाह्नवी (गङ्गा)लाई धिक्कार छ । गल्तीबस गर्भधारण गरी नौ महिना गर्भमा राखेर एउटा सिङ्गो जीवनलाई जन्म दिएर अन्ततः निर्ममतापूर्वक जिउदै कन्टिनरमा विसर्जन गरिदिने यस कलियुगकी आमालाई महाधिक्कारछ, अस्तु । यस्ता निर्दयी मानवरुपी दानवहरुलाई धिक्कारछ ।

स्वभावतः मानव जीव, धर्तिमा अवतरण भएपछि भविष्यको अपार सम्भावनाहरु लिएर आएको हुन्छ । भलै अभिभावकहरुका ज्ञान अज्ञानवस असल खराव बहु रुप, बहु रङ्ग र बहु धारमा विभक्त हुने भए तापनि ।

तीन छोराछोरीकी आमा,कुन्नीको नारी हृदय, लोग्नेको मुखबाट झरेको करुण मानवीयताप्रति कृतार्थ भयो । कन्टिनरको शिशुलाई देखेर भावविह्वल भै आँशु बर्षाउने कुन्नी जस्ती ममतामयी आमाहरुलाई सलाम छ ।

अनि झिङुरले स्वास्नीलाई भन्यो–“चलो, यिका जल्दी अस्पताल पहुँचाया जाय बचजाई है,शायद ।
त्यही दुपट्टारुपी सुरक्षा कवचमा बेरेर त्यो बेवारिसे शिशुलाई अस्पताल पु¥याए,उनीहरुले ।

अस्पतालमा त्यो अज्ञात जीवनलाई पु¥याएपछि झिङुर– “डाक्टर साव ! डाक्टर साव ! हामीले एउटा अभागी बेवारिसे बालक ल्याएका छौं । लौन यसलाई हेरिदिनु प¥यो । यदी बच्यो भने यसको ठूलो उद्दार हुनेछ साव” ।
डाक्टर – कहाँबाट ल्याउनु भो ?

झिङगुर र कुन्नीको एकस्वर – “कन्टिनरदेखि साव” ।

झिङ्गुरले बयान अगि बढायो –“हामी झाडु लाउँदै थियौं साव, सडकछेउको कन्टिनरमा कस्ले बच्चा फालेको रहेछ । पहिले अलि ठीकै स्वरमा च्याँ च्याँ गरेको सुन्नियो । (कुन्नीतिर संकेत गर्दै), यिनी डराएर“सैतान…” भन्दै भाग्न थालिन् । म दुस्साहस गरी कन्टिनरनिर गएँ बच्चा सालनाल सहितको रहेछ । त्यतिबेला आवाज सिथिल भैसकेको थियो । उच्छ्वास झरेको थियो । तैपनि बाँचिहाल्छकी भनेर त्यही दुपट्टमा लपेटेर यहाँ ल्यायौँ,साव ।

यो भङ्गी सेवाको पेरिफेरिमा यस्ता निर्घिनी मान्छेहरु अरु पनि देख्या थियौँ हामीले । मरिसकेका हुन्थे,पुलिसलाई भनिदिन्थेँ, डाक्टर साव । कस्ता निर्मम पतीतमान्छेहरु हुँदारैछन् यो समाजमा, विभिन्न रुपका साव । यो निर्दोष बच्चा पनि त्यस्तै पतीतहरुको अवैध गर्भ होला भन्ने लाग्यो साव, मलाई । ”

डाक्टर प्रमोद शर्माले काँधमा झुण्डाएको स्टेस्थेस्कोपले दुपट्टामाथिबाटै बच्चाको धड्कन जाँचेर नर्सहरुलाई तत्कालै सफा गर्न लगाई आइसीयुको शरणमा पु¥याए ।

झिंङुरतिर फर्किएर डाक्टर प्रमोद– “धन्य हुनुहुन्छ तपाईहरु । आज एउटा निभ्न लागेको बच्चाको जीवनमा तेल थपी बचाउन लाएर ठूलो पुण्य आर्जन गर्नु भयो । अब हाम्रो आश्रयमा आइपुगेको यो बच्चा बच्छ । निश्चय नै यो कुनै दुष्कृत्यकै परिणाम हो । भ्रुणावस्थाको कुरा बेग्लै हो । यो पूर्ण शारीरिक विकास भएर धर्तिमा अवतरण भएको मान्छेको जीवन अर्थपूर्ण जीवन हो । धेरै सम्भावनाहरुको सागर हो । मानवको जीवन, हीरा मोतीको जीवन हो । यस्तो जीवनलाई फक्रिन नदिएर वीचैमा चुडिदिनु महाअपराध हो । यस्तालाई जति भत्र्सर्ना गरे पनि कमै हुन्छ । धन्न तपाईहरुले बेलैमा यहाँ ल्याइपु¥याउनु भयो, एकैछिन ढिलो भएको भए यसको प्राण पखेरु उडिसकेको हुन्थ्यो ।

घटनाको खबर सल्लाघारीको हावा सरी मान्छेका कान र मुख हुँदै चौतर्फी छरिएपछि संचारकर्मी, सुरक्षाकर्मी र जनसाधारणको जमघट बाक्लिदै गयो ।

डाक्टरले बालमिकी दम्पत्तिप्रति कृतार्थ हुँदै भने–
झङ्गुर दाई र कुन्नी भाउजुले गर्नु भएको यो महान कर्म हो । साक्षात् मानवीय कर्म,धर्म । अब यो शिशुको बाबु आमा तपाईरु नै हुनुभयो । अस्पतालबाट डिस्चार्ज भएपछि लगेर तपाईहरुले आफनै छोराको रुपमा यसलाई पालन पोषण गरिदिएर अझ ठूलो पुण्य आर्जन गर्नु होला । अर्थपूर्ण मान्छेको जीवन । भोली यो कृष्ण बनेर कंश प्रवृत्तिको नास गर्न पनि सकोस् । उचित वातावरण पाएमा भोली यै शिशु तेजस्वी आभा पनि बन्न सक्छ,हाम्रै परिवेशको, हाम्रै देशको ।

यौटा बेवारिसे बालकको वारिसको टुङ्गो लागेपछि संचारवाहक पत्रकारहरु समाचारको भरपुर मसला लिएर गए । सुरक्षाकर्मीहरु यथासक्य चाँडो घटनाको अनुसन्धान गरेर दोषी पत्ता लगाउने एक मुट्ठी आश्वासन छोडेर गए । जनसाधारण दर्शकहरु गुन्द्रुक जस्तो भृकुटी र पाली जस्तो परेला झारेर अवसादमा समाज र राज्यलाई धिक्कार्दै आ–आफनो बाटो लागे ।
एकहप्ता पश्चात, बालक अस्पतालबाट डिस्चार्ज हुने दिनमा झिङुर,कुन्नीको साथमा जेठीछोरी मुन्नी पनि आएकी थिई,भाई थपिएको खुशीमा ।

बालमिकी जोडीले कृतज्ञता दर्शाउँदै डाक्टरलाई भने–
“धन्यवाद साव ! हामीले हजुरलाई साक्षात भगवान पायौं । आज एउटा निभ्न लागेको दियोमाथि हजुरले तेल थपी जगाईदिनु भयो, अनि हामीलाई पुत्र थपिदिनु भयो । यसको लागि हामी कृतार्थ छौ,सावं । हजुरले पनि पुण्य कमाउनु भयो । अब यो शिशुलाई आफनै कान्छो छोराको रुपमा पाल्नेछौं, राम्रो मूर्ति बनाउने छौँ । बाँकी भविष्य यसैको हातमा ।”
डाक्टरले भने– “ल लैजानुस । बच्चालाई केही भयो भने ल्याउनु होला, यस्ता बच्चालाई अलि नहुर्केसम्म बेला बेलामा स्वास्थ्यकर्मीको सम्पर्कमा ल्याइरहनु पर्छ ।

अनि जानिराख्नुस् झिङ्गुर दाई ! आम अभिभावकले बुझनु पर्ने कुरा के भने, बच्चाहरुलाई राम्रो आकार दिनको लागि अभिभावकले माया,ममता, प्रोत्साहन र अङकुस बराबर सन्तुलित राखेर पौष्टिक आहार सहित उनीहरुको जीवन विकासमा ध्यान दिनु पर्छ । कुनै पनि कुरामा असीमित गर्नु हुदैन । ज्यादा दमन र ज्यादा मायाले बच्चाको मनोविज्ञानमा असर पर्न सक्छ । बच्चाहरु दिग्भ्रमित भएर गलत बाटोतिर लाग्ने कारण यसैबाट श्रृजित हुन्छ । आम बालबालिकाहरु जन्मदा एउटा कच्चा माटो हुन् । अभिभावक कुशल मूर्तिकार हो । बच्चालाई यथास्थितिमा छोडिदिएर मूर्ख बनाउनु पाप हो ।

मानव जीवनमा, जन्मले मात्र पूर्णता हुदैन । यसका पछाडि धेरै बिशेषताहरु ह्ुन्छन् । चैतन्यता,कर्म,बुद्धी,विवेक,ज्ञान र वाककला आदि मानव मस्तिष्कमा विद्यमान । कर्म नगरेर अरुको आशमा खुट्टा टेकेर हिड्ने मान्छे केवल सपनाको दुलहा हो । कर्ममा ज्ञान र सदाचरणर संगसंगै हुनुपर्छ । सकारात्मक विचारमा जाज्वल्यता हुन्छ । मन पशुसंग पनि हुन्छ,ज्ञान मान्छेसंग मात्र । ज्ञानविनाको मान्छे शरदको हुस्सु हो, जो क्षितिजमा सूर्याेदय हुनासाथ हराउँछ ।

अन्तमा अर्को कुरा । तपाईहरुबाट यो बच्चालाई आफनो जन्मको वास्तविकता, यो दुःखद सत्य भरसक अज्ञातै रहोस् । कथम यो रहस्य उजागर हुन गएमा त्यसलाई ममता र उत्साहले छोपछाप पारी प्रफुल्ल भएर सकारात्मक बाटो समातोस । ”
झिङ्गुरको स्वीकारोक्ति– “किन भन्नु र डाक्टर साव । अज्ञात नै राखौंला नि हामी,भरसक । हामीसंग एउटा छोरो छ । अब योसंग दुइटा हुने भए । यसको वास्तविकता भरसक गोप्य रहनेछ । पछि यदी कोही गाउँलेहरुबाट रहस्यको गाँठो फुक्न गएमा हजुरले भनेजस्तै अवश्य गर्नेछौँ साव,प्रफुल्ल हुनेगरी । हवस त साब, नमस्कार ।”

क्रमशः

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : १८ बजे

५० वर्षपछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

काठमाडौं । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

साहित्यकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको निधन भएको छ

सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको

माओवादी पदाधिकारी बैठक बस्दैँ, महरा पक्राउका बारेमा छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैँछ । पार्टीका उपाध्यक्ष