५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल पक्ष छाडेर एमाले फर्केका नेताहरुलाई रामकुमारी झाँक्रीले लगाईन् युद्ध अपराधीको आरोप



काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेपाल समुह छाडेर एमाले फिर्ता भएका नेताहरुलाई युद्ध अपराधी र भगौडा जर्नेलको संज्ञा दिएकी छिन् । शनिबार सिन्धुलीमा एकिकृत समाजवादीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसकिने बताएकी हुन् । नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसकिने झाँक्रीको संकेत थियो ।

‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ कार्यक्रममा उनले भनिन्, -‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । नेतृ झाँक्रीले युद्ध छाडेर भागेकाहरुले सरेन्डर गरे भने भने ढोका खोल्नु पर्ने बताईन् । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास भएकाे उदाहरण दिँदै उनले फर्केर आए ढोका बन्द गर्न नहुने बताईन् ।

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए । एमाले फर्केका नेताहरुले एमालेको विवाद ठुलो भएपनि पार्टी विभाजनकै अवस्थामा पुग्ने विवाद नभएको बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : २८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता