१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज



बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका एक हजार ४०० वटाभन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि लुम्बिनीमा सडक आयोजनाका लागि आएको ५२ करोड ५६ लाख रुपैयाँ बजेट गुमेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले तय गरेका सडक आयोजना खारेज गरेपछि रूपन्देहीका मात्र ४९ वटा सडक खारेजीमा परेका हुन् । यसैगरी बाँकेका २९, दाङका ३४, प्युठानका १४, कपिलवस्तुका ३३, पाल्पाका २३, गुल्मीका ३६ र रुकुम पश्चिमको एउटा सडक योजना खारेजीमा परेका छन् ।

अघिल्लो सरकारका प्रधानमन्त्री ओलीले सडक पूर्वाधार कार्यक्रमअन्तर्गत १६५ वटा निर्वाचन क्षेत्रमा बन्ने एक हजार ४१० वटा सडक शिलान्यास गरेका थिए ।

सडक नजोडिएका र सुधार गर्नुपर्ने सडक पनि यस आयोजनामा परेका थिए । रूपन्देहीमा प्रति सडक आयोजनाका लागि २४ लाख रुपैयाँ विनियोजन भएको थियो ।

नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका छन् । प्रतिस्थापन विधेयकबाट नै यी सडक आयोजना बजेट नभएको भन्दै खारेज गरिएको हो ।

अघिल्लो सरकारले यी सडकका लागि तीन अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ४४ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित