४ कार्तिक २०८३, बुधबार | October 22, 2026

‘चरी जेलैमा’ को सफलतापछि बिष्णु माझीको ‘यथार्थको जिन्दगी’ चर्चामा (भिडियो सहित)



बुटवल । तीज गीत ‘चरी जेलैमा’बाट अपार सफलता पाएकी चर्चित लोकप्रिय गायिका बिष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ ।

यथार्थको जिन्दगी नामक गीतलाइ प्रसाद डिजिटलले बजारमा ल्याएको छ । शिव सुबेदीको शव्द, प्रसाद लामिछानेको लय तथा संगीतमा बिक्रम परियार र बिष्णु माझीको आवाजमा सजिएको यो गीतले यथार्थको जिन्दगी बोलेको शव्द संकलक तथा सर्जक शिव सुबेदीले बताए ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा कृष्ण भान्जाको एरेन्ज, सुमन रानाको रेकर्डिङ्ग, कुमार रानाको अडियो सम्पादन र खुमन रानाको स्टुडियो ब्यबस्थापन रहेको छ ।

माझीको चरी जेलैमाको अपार सफलतापछि दर्शकलाई तीज भन्दा बेग्लै परिवेशको स्वाद चखाउन जादुमय स्वरकी धनि बिष्णु माझी सो गीत मार्फत दर्शक सामु आएको सर्जक शिव सुबेदीले बताए ।

बिक्रम परियाको समेत स्वर रहेको गीतलाइ दर्शकले सार्वजनिक भएकै दिनमा निक्कै रुचाएका छन ।

तीज लगत्तै रमाइलो पर्व बीच शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव सुबेदीले मर्मस्पर्शी शब्दलाई कर्णप्रिय बनाउन बिष्णु माझी रोजेको बताउछन । बिनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको आकर्षक भिडियोमा दिपक गिरीले क्यामेरा चलाएका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन ।

आशा खड्का र कमल अर्यालको मुख्य भूमिका रहेको म्युजिक भिडियोलाई प्रसाद लामिछानेको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि