६ श्रावण २०८३, बुधबार | July 22, 2026

‘चरी जेलैमा’ को सफलतापछि बिष्णु माझीको ‘यथार्थको जिन्दगी’ चर्चामा (भिडियो सहित)



बुटवल । तीज गीत ‘चरी जेलैमा’बाट अपार सफलता पाएकी चर्चित लोकप्रिय गायिका बिष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ ।

यथार्थको जिन्दगी नामक गीतलाइ प्रसाद डिजिटलले बजारमा ल्याएको छ । शिव सुबेदीको शव्द, प्रसाद लामिछानेको लय तथा संगीतमा बिक्रम परियार र बिष्णु माझीको आवाजमा सजिएको यो गीतले यथार्थको जिन्दगी बोलेको शव्द संकलक तथा सर्जक शिव सुबेदीले बताए ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा कृष्ण भान्जाको एरेन्ज, सुमन रानाको रेकर्डिङ्ग, कुमार रानाको अडियो सम्पादन र खुमन रानाको स्टुडियो ब्यबस्थापन रहेको छ ।

माझीको चरी जेलैमाको अपार सफलतापछि दर्शकलाई तीज भन्दा बेग्लै परिवेशको स्वाद चखाउन जादुमय स्वरकी धनि बिष्णु माझी सो गीत मार्फत दर्शक सामु आएको सर्जक शिव सुबेदीले बताए ।

बिक्रम परियाको समेत स्वर रहेको गीतलाइ दर्शकले सार्वजनिक भएकै दिनमा निक्कै रुचाएका छन ।

तीज लगत्तै रमाइलो पर्व बीच शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव सुबेदीले मर्मस्पर्शी शब्दलाई कर्णप्रिय बनाउन बिष्णु माझी रोजेको बताउछन । बिनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको आकर्षक भिडियोमा दिपक गिरीले क्यामेरा चलाएका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन ।

आशा खड्का र कमल अर्यालको मुख्य भूमिका रहेको म्युजिक भिडियोलाई प्रसाद लामिछानेको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ५६ बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क