७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेशका ५७ जनालाई पदक तथा मान पदवीबाट विभुषित गरिने (सूचीसहित)



बुटवल । संविधान दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदक तथा मान पदवीलेले विभुषित गरेको छ। सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिशमा संविधान दिवसको अवसरमा आज १० वटा विधाका पदकबाट विभुषित हुनेहरुको नाम घोषणा गरेको हो।

प्रदेश प्रमुख सेवा पदक क १ जनालाई, प्रदेश प्रमुख सेवा पदक ख २ जनालाई, प्रदेश प्रमुख सेवा पदक ग ४ जनालाई विभुषित गरिने आज प्रकाशित राजपत्रमा उल्लेख छ ।

राजपत्रको सूचना अनुसार मुख्यमन्त्री प्रज्ज्वल दीप पदक क १ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ख २ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ग २ जनालाई प्रदान गरिने छ।

प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई प्रदान गरिने प्रदेश राजपत्रमा उल्लेख छ।

यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ग २ जनालाई, समाजसेवा श्री पदक क १ जनालाई, ख ८ जनालाई, ग २ जनालाई, प्रदेश रत्न पदक ख १ जनालाई, ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई दिइने छ।

यस्तै प्रजापति गौतमी पदक ख १ जनालाई, ग २ जनालाई, दंगीशरण बलिहाङ पदक ख १ जनालाई र ग १ जनालाई दिइने राजपत्रमा उल्लेख छ।

आज घोषणा गरिएका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने प्रदेश सरकार मन्त्रिपरिषद सचिवालयले जनाएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/संख्या-०९-प्रदेश-पदक-पाउने-महानुभावहरुको-सूचना.pdf” title=”संख्या ०९ प्रदेश पदक पाउने महानुभावहरुको सूचना”]

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ३५ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११