१९ माघ २०८२, सोमबार | February 2, 2026

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेशका ५७ जनालाई पदक तथा मान पदवीबाट विभुषित गरिने (सूचीसहित)



बुटवल । संविधान दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदक तथा मान पदवीलेले विभुषित गरेको छ। सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिशमा संविधान दिवसको अवसरमा आज १० वटा विधाका पदकबाट विभुषित हुनेहरुको नाम घोषणा गरेको हो।

प्रदेश प्रमुख सेवा पदक क १ जनालाई, प्रदेश प्रमुख सेवा पदक ख २ जनालाई, प्रदेश प्रमुख सेवा पदक ग ४ जनालाई विभुषित गरिने आज प्रकाशित राजपत्रमा उल्लेख छ ।

राजपत्रको सूचना अनुसार मुख्यमन्त्री प्रज्ज्वल दीप पदक क १ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ख २ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ग २ जनालाई प्रदान गरिने छ।

प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई प्रदान गरिने प्रदेश राजपत्रमा उल्लेख छ।

यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ग २ जनालाई, समाजसेवा श्री पदक क १ जनालाई, ख ८ जनालाई, ग २ जनालाई, प्रदेश रत्न पदक ख १ जनालाई, ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई दिइने छ।

यस्तै प्रजापति गौतमी पदक ख १ जनालाई, ग २ जनालाई, दंगीशरण बलिहाङ पदक ख १ जनालाई र ग १ जनालाई दिइने राजपत्रमा उल्लेख छ।

आज घोषणा गरिएका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने प्रदेश सरकार मन्त्रिपरिषद सचिवालयले जनाएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/संख्या-०९-प्रदेश-पदक-पाउने-महानुभावहरुको-सूचना.pdf” title=”संख्या ०९ प्रदेश पदक पाउने महानुभावहरुको सूचना”]

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ३५ बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई