१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रुपन्देहीका अधिकांश विद्यालय सोमबारबाट सञ्चालन हुने



बुटवल । दोस्रो लहरको कोरोना महामारीसँगै विगत ५ महिना देखि पूर्णरुपमा बन्द भएका रुपन्देहीका विद्यालय सोमबाट सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको दर कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि स्विकृति दिएसँगै रुपन्देहीका बिद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । कोरोनाको जोखिमका कारण बैशाखको पहिलो हप्तादेखि रुपन्देहीका बिद्यालयहरु बन्द छन् ।

जिल्ला प्रशासनले १६ वटै स्थानीय तहरुलाई कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिएको साहयक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । डिसिसिएसीको बैठकको निर्णय अनुसार जिल्ला प्रशासनले विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको हो ।

प्रशासनको सहमतिसँगै देवदह नगरपालिकामा भाद्र २७ गतेबाटै बिद्यालय खुलिसकेका छन् भने तिलोत्तमामा भोली सोमबाट बिद्यालय खुल्ने भएको छ । सैनामैनामा पनि बिद्यालय खोल्न नगर पालिकाले बिद्यालयहरुलाई सहमती दिइसकेको छ ।

बुटवल उपमहानगरमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै विद्योलय सञ्चालन गर्ने सहमति भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरको शिक्षा महाशाखाबाट अवस्थाको अनुगमन गरेर छिट्टै विद्यादय सञ्चालनमा आउने प्रवक्ता रेग्मीले बताए । सिफ्ट अनुसार पढाई सुचारु गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

रुपन्देहीका अधिकांस गाँउपालिकाहरुका विद्यालय सञ्चालनमा आईसकेका छन् भने केही स्थानीयतहमा आईतबारबाट विद्यालय सञ्चालनमा आउने तयारी भएको छ ।

लामो समयसम्मको कोरोना महामारीका कारण विद्यालयहरु बन्द भएका कारण जिल्लामा विद्यार्थीको संख्या एकिन गर्न कठिनाई भएको शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले