२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेश सरकारलाई प्रतिमान-निमा प्रतिष्ठानद्धारा २ करोडको स्वास्थ्य सामग्री हस्तान्तरण



बुटवल । प्रतिमान-निमा मेमोरोरियल प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

एक समारोहका बिच प्रतिष्ठानका उपाध्यक्ष तथा पुर्वमन्त्री दिपक बोहराले स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा मुख्यमन्त्री केसीले प्रदेश सरकारको प्राथमिकताका रुपमा खोप भएको बताए । प्रदेश सरकारले मुटुको भल्भ फेर्न, क्यान्सर रोगीलाई उपचार मा २-२ लाख सहयोग गर्ने निर्णय समेत गरेको उनले बताए। प्रदेशमै विशेषज्ञ अस्पतालबाट सेवा दिनसक्ने गरि काम अघि बढाएको उनले बताए ।

अमेरिकास्थित होप ईन्टरनेश्नल परियोजना र प्रतिष्ठानको सहकार्यमा पिपिई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आईसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको कार्यकारी निर्देशक स्वाति थापाले बताइन । प्रतिमान बोहरा र निमा बोहरा राजनितिक ब्यक्तित्वहरुको नामबाट सामाजिक कार्यमा सबै लागेको बताए ।

यसअघि २ महिना पहिले प्रदेश सरकारमार्फत साढे २ करोड बढि रकम बराबर स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको उनले बताईन। सरकारी अस्पताललाई लक्षित गरि वितरण गरिएको सामग्री उपयोगी भएको उनले बताईन । राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदयले राजनितीक दलहरु समाजसेवामा समेत अग्रसर रहनुपर्ने भन्दै आफुहरु निरन्तर सेवामा रहेको बताए ।

कार्यक्रममा स्वस्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, शिक्षा तथा युवा खेलकुद मन्त्रालयका सचिव महादेव पन्त, स्वस्थ्य निर्देशनालयका डा. बिनोद गिरि, राप्रपा रुपन्देही जिल्लाका अध्यक्ष प्रताप राणाले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : २९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार