१२ श्रावण २०८१, शनिबार | July 27, 2024

परिक्षणकालिन सवारी चालक अनुमति पत्र सेवा शुरु



बुटवल । लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालय, यातायात ब्यवस्थापन कार्यालय सवारी चालक अनुमतिपत्रबाट परिक्षणकालिन सवारी चालक अनुमति पत्र सेवा शुरु गरिएको छ ।

एक समारोहकाबिच प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सवारी पत्र प्रिन्ट गरि औपचारिक उद्घाटन गरेका छन । मुख्यमन्त्री केसीले १० जना सेवाग्राहीलाई सवारी चालक प्रमाणपत्र हस्तान्तरण पनि गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपालमै लुम्बिनी प्रदेशमा पहिलोपल्ट यो सेवा शुरु गरेको दाबी गरे । सेवाग्राहीबाट धेरै समस्याको गुनासो आईरहेको बेला यो परिक्षणका रुपमा सेवा शुरु गरेको उनले बताए ।

कार्यालयका प्रमुख तेजनारायण यादवले कार्यालयबाट नया सवारी चालक अनुमति पत्रको प्रिन्ट शुरु भएको बताए । अबको एक हप्तामा नविकरणको काम समेत शुरु हुने भन्दै यसका लागि आवश्यक प्राविधिक तयारी भैरहेको बताए ।

श्रम तथा रोजगार मन्त्रालयका मन्त्री पुरमती ढेगामगर, सभासद बैजनाथ कलवारले नया सेवासंगै सेवाग्राहीलाई राहत मिल्ने बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ३२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्