४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय समिति बैठक आज बस्न लागेको छ ।

करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एक महिनाअघि नेकपा ९एमाले० विभाजन भएर एकीकृत समाजवादी गठन भएको थियो । माधवकुमार नेपालको नेतृत्वमा गठिन एकीकृत समाजवादीको आज पहिलो केन्द्रीय समिति बैठक बोलाइएको हो ।

आज बस्ने केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार लगायतका विषयमा छलफल हुने जनाइएको छ । पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका विषयमा पनि छलफल हुने जनाइएको छ ।

यससँगै बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने एक नेताले बताए । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा ११३ केन्द्रीय सदस्य सहभागी हुनेछन ।

एकीकृत समाजवादीले ५५ जिल्लामा जिल्ला समिति गठन गरिसकेको छ । अन्य जिल्लामा पनि गठनको प्रक्रिया चलिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको