२६ माघ २०८२, सोमबार | February 9, 2026

बुटवलका मेयरलाई हातपात गर्ने पङ्गेनीलाई सार्वजनिक अपराधको मुद्दा, मिडियामा मुद्दा नचलाउन भनेका मेयरले प्रहरीलाई दिएनन् पत्र



बुटवल । स्थानीय युवाको आक्रमणमा परेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आक्रमण गर्नेका विरुद्ध कुनै मुद्दा नचलाउन आग्रह गरेपनि रुपन्देही प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ । प्रमुख सुवेदीमाथि हातपात गर्ने गणेश पङ्गेनीलाई प्रहरीले आज सार्वजनिक अपराधको मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पङ्गेनीले एक्कासी आक्रमण गरी मुक्का प्रहार गरेका थिए । आक्रमण लगत्तै प्रहरीले पङ्गेनीलाई पक्राउ नगर्दा एमाले निकट युवासंघ र स्थानीवासीका बीच सामान्य झडप समेत भएको थियो । घटनाको चौतर्फि विरोध भएपछि मात्र प्रहरीले पङ्गेनीलाई पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि मंगलबार ५ दिनको म्याद थप गरिएको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मनोज कुँवरले जानकारी दिए ।

उपमहानगरका प्रमुख सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गरेपनि प्हरीले स्थलगत मुचुल्का र प्रतिवेदनका आधारमा मुद्दा चलाइृएको डीएसपी कुँवरले बताए । उहाँले मुद्दा नचलाउन भन्नु भएको थियो, तर प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलाईयो । उनले भने ।

उपमहानगर प्रमुख सुबेदीले बाढी तथा पहिरो पीडितहरुको आक्रोशलाई स्वभाविक भएको बताउँदै आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नरहेको उल्लेख गरेका थिए । मिडीयामा मुद्दा नचलाउन आग्रह गरेको बताएका उपमहानगर प्रमुख सुबेदीले प्रहरीलाई भने मुद्दा नचलाउने विषयमा कुनै पत्र नदिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ५६ बजे

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल