२३ माघ २०८२, शुक्रबार | February 7, 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटीे बैठक जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) दोस्रो दिन बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बसिरहेको छ ।

मंगलबारबाट सुरु भएको बैठक आज विभिन्न प्रस्तावमाथि छलफल गरी टुंग्याउने तयारी रहेको बताइएको छ । बैठकमा पेस भएका पाँचवटा प्रस्तावमाथि छलफल आजै सकेर बैठक समापन गर्ने तयारी रहेको एककिृत समाजवादी प्रचार विभागले जनाएको छ ।

मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपाललगायतले राजनीतिक प्रस्ताव पेस गरेका थिए भने अन्य नेताहरूले केन्द्रीय कमिटी विस्तार, कार्यविभाजन, चुनाव चिह्न र समसामयिक विषयमा प्रस्ताव पेस गरेका थिए ।

पार्टीले वैधानिकता पाएपछि एकीकृत समाजवादी यो पहिलो बैठक हो । यसअघि पार्टीले वैधानिकता पाउनुअघि भदौ ८ गते केन्द्रीय कमिटी बैठक बसेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ५८ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस