५ पुस २०८२, शनिबार | December 20, 2025

एकीकृत समाजवादीले आज महासचिव चयन गर्दै



काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०ले आज महासचिव चयन गर्दैछ ।

पार्टी संरचनालाई पूर्णता दिन गत मंगलबारबाट जारी केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र अन्य पदाधिकारी टुंग्याउन अघि नै महासचिव चयन गर्ने तयारी रहेको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । महासचिवमा कसलाई ल्याउने भनेर छलफल चलिरहेको भन्दै खतिवडाले थपे, ‘पुराना(नयाँ पुस्ता दुवैको दाबी छ । हामी छनोट गर्छौं ।’

नेताहरूका अनुसार महासचिवका लागि वेदुराम भुसाल, राजेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेललगायत नेताहरूले दाबी गरेका छन् । तीमध्ये भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

यसअघि एकीकृत समाजवादीले प्रदेश इञ्चार्जहरु तोकेको थियो । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इञ्चार्ज तोकिएका छन् । सुदूरपश्चिमको इञ्चार्ज भने तोक्न बाँकी छ ।

त्यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ र मोर्चा इञ्चार्ज डा.विजय पौडेल रहेका छन् ।

बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मतले पारित गरिसकेको छ ।

बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ । नेकपा ९एमाले० बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ३४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र