२० मंसिर २०८२, शनिबार | December 6, 2025

एकीकृत समाजवादीको महासचिव डा.बेदुराम भुसाल बन्दै



काठमाडौं । नेकपा एकीकृत समावादी पार्टीको महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको छ । त्यस्तै उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल को नाम टुंगो लागेको छ । उपमहासचिवमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन् ।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुनेछन् । यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : ५९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय