१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एकीकृत समाजवादीको महासचिव डा.बेदुराम भुसाल बन्दै



काठमाडौं । नेकपा एकीकृत समावादी पार्टीको महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको छ । त्यस्तै उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल को नाम टुंगो लागेको छ । उपमहासचिवमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन् ।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुनेछन् । यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : ५९ बजे

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले