२३ असार २०८३, मंगलबार | July 7, 2026

समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामुहिक राजीनामा



काठमाडौं । समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई परिषद्का सबै पदाधिकारीहरुले सामूहिक राजीनामा बुझाएका हुन् । उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले बिहीबार राजीनामा दिएका हुन् ।

एकवर्ष अघि तत्कालिन ओली सरकारले उनीहरुलाई नियुक्त गरेको थियो । प्रधानमन्त्रीको सचिवालयबाट राजनीतिक प्रतिशोध र ह्यार्समेन्ट हुन थालेपछि सामुहिक राजीनामा दिएको पदाधिकारीहरुले जिकिर गरेका छन् । उनीहरुले आफुहरुमाथि राजनीतिक प्रतिशोध साँध्दै राजीनामाका लागि दबाब दिएको आरोप लगाएका छन् ।

परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको उनीहरुको आरोप छ । समाजकल्याण परिषद्को अध्यक्ष महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुन्छन् । अहिले यो मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री स्वयंले लिएका छन् ।

परिष्दको वार्षिक नीति तथा कार्यक्रम, बजेट र कर्मचारी छनौटमा प्रधानमन्त्री सचिवालयबाट अनावश्यक दबाब परेको उनीहरुले बताएका छन् । अध्यक्षबाट वार्षिक नीति तथा कार्यक्रम र गतिविधि नै स्वीकृत हुन नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : ३६ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-sadak ६ दरवाङ बजारको सडक कालोपत्र

युवाको पलायनले पाल्पाका गाउँ रित्तिँदै, वृद्धवृद्धा एक्लोपनमा

तानसेन । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा