७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामुहिक राजीनामा



काठमाडौं । समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई परिषद्का सबै पदाधिकारीहरुले सामूहिक राजीनामा बुझाएका हुन् । उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले बिहीबार राजीनामा दिएका हुन् ।

एकवर्ष अघि तत्कालिन ओली सरकारले उनीहरुलाई नियुक्त गरेको थियो । प्रधानमन्त्रीको सचिवालयबाट राजनीतिक प्रतिशोध र ह्यार्समेन्ट हुन थालेपछि सामुहिक राजीनामा दिएको पदाधिकारीहरुले जिकिर गरेका छन् । उनीहरुले आफुहरुमाथि राजनीतिक प्रतिशोध साँध्दै राजीनामाका लागि दबाब दिएको आरोप लगाएका छन् ।

परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको उनीहरुको आरोप छ । समाजकल्याण परिषद्को अध्यक्ष महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुन्छन् । अहिले यो मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री स्वयंले लिएका छन् ।

परिष्दको वार्षिक नीति तथा कार्यक्रम, बजेट र कर्मचारी छनौटमा प्रधानमन्त्री सचिवालयबाट अनावश्यक दबाब परेको उनीहरुले बताएका छन् । अध्यक्षबाट वार्षिक नीति तथा कार्यक्रम र गतिविधि नै स्वीकृत हुन नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : ३६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल