७ बैशाख २०८३, सोमबार | April 20, 2026

क्रिकेट स्टार शाहिद अफ्रिदी आइतबार बिहान माउन्टेन फ्लाइटमा जाने



काठमाडौं । क्रिकेट स्टार शाहिद अफ्रिदी माउन्टेन फ्लाइटमा जाने भएका छन् ।

एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर अफ्रिदी आइतबार बिहान माउण्टेन फ्लाइटमा जाने भएका हुन् । उनको फ्लाइटको व्यवस्थापन यति एयरलाइन्सले गर्नेभएको छ ।

काठमाडौं किङ्ग्स ११बाट ईपीएल खेल्न नेपाल आएका अफ्रिदीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालको प्राकृतिक सुन्दरताबाट आफु प्रभावित भएको बताएका थिए । नेपालमा मुख्य पर्यटकीय सिजन सुरु हुनै लाग्दा अफ्रिदीको गर्न लागेको माउन्टेन फ्लाइटबाट नेपालको पर्यटन प्रवद्र्धन हुनसक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

एयरलाइन्सहरुले माउन्टेन फ्लाइट सुरु गरिसकेका छन् । नेपालमा बुद्ध र यति एयरलाइन्सले माउन्टेन फ्लाइट गर्छन् ।

अफ्रिदीले दराज, शिवम सिमेन्ट, बजाज पल्सर, टिभिएस लगायतका ब्रान्डले गर्ने कार्यक्रममा पनि सहभागिता जनाउने भएका छन् ।

पाकिस्तानी क्रिकेट स्टार अफ्रिदी विश्वकै चर्चित क्रिकेटर हुन् । नेपाल भित्रको खेल खेल्न विश्वस्तरको यति ठूलो स्तरको खेलाडी पहिलोपटक आएका हुन् ।

क्रिकेटस्टर अफ्रिदीको नेपाल भ्रमणबाट नेपाल पाकिस्तानबीच रहेको जनस्तरको सम्बन्ध समेत मजबुद हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ०६ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय