८ बैशाख २०८१, शनिबार | April 20, 2024

ईपीएलको फाइनलमा चितवन



काठमाडौं । चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा ग-यो ।

चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे । बलिङतर्फ पोखराका नन्दन यादवले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।

त्यसैगरी लोकेश बम ५, सहन अर्चाचिगे ३, विक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।

पोखरालाई सस्तैमा समेट्न क्रममा चितवनका सागर ढकाल र शाहब आलमले ४/४ विकेट लिए भने सोमपाल कामी र करिम जनतले १÷१ विकेट झारे ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : १२ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर