२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

रामबहादुर थापाको घोषणा – प्रचण्डसँग चुनाव लड्न तयार छु



काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापाले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडन तयार रहेको बताएका छन् ।

कुनै समय प्रचण्डमा विलीन भएका थापा गत वर्षको पुषदेखि प्रचण्डलाई छोडेर केपी ओलीको पक्षमा लागेका थिए । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि थापा माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका थिए ।

शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा थापाले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ थापाले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने बताए ।

नेता थापाले ले प्रचण्डले पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाईनमा लागेको आरोप लगाए । उनले सभामुख अग्निप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको बताए । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ४९ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै