२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

आजबाट इपीएल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै



काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा हुनेभएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा अपरान्ह १२:१५ बजे ललितपुर र काठमाडौंबीचको खेल सुरु हुनेछ ।

ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्नेछन् भने काठमाडौंको कप्तानीमा सन्दीप लामिछाने रहनेछन् । दुबै टोली पहिलो खेलमा सुखद सुरुवात गर्न चाहन्छन् । दुबैको लक्ष्य पहिलो खेलमा २ अंकका लागि हुनेछ ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी छन् । काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाश रहेका छन् ।

चौथो संस्करणका प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने जनाएको छ ।

ललितपुर प्याट्रिएट्स

कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी ।

काठमाडौँ किंग्स एलेभेन

सन्दीप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : ०५ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा