५ पुस २०८२, शनिबार | December 20, 2025

सत्यवती टोलको प्रथम अधिवेशन सम्पन्न, तुलाचनको अध्यक्षतामा नँया नेतृत्व चयन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित सत्यवति टोल विकास संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमको वडा सदस्य माया दर्नालले उदघाटन गर्दै टोल संस्थाको अगुवाईबाट नगरको विकास हुने भएकाले पनि पालिकाले टोल विकासको क्रियाशिलतालाई मध्येनजर गरेर सम्मानका काम समेत गर्दै आएको बताईन ।

संस्थाका अध्यक्ष भिम केसीले घरबारविहिनहरुलाई ब्यवस्थापित गर्ने काम संस्थाको अग्ररतामा भएको बताए । सरकारबाट अब्यवस्थित बसोबासीप्रतिको सोचमा परिवर्तन आउन नसकेको दुखेसो गर्दै भोट बैक बनाउने प्रथामात्र हुँदै आएको दुखेसो गरे ।

टोलबासीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै सचेतना जगाउने, समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्ने काम गर्दै आएको उनले बताए । टोलका बासिन्दाहरुका बिचमा द्वन्द चर्काएर समस्यालाई ओझेलमा पार्ने काम भएको उनले गुनासो गर्दै यसप्रति सबै सच्त हुनुपर्ने बताए ।

समाजसेवी राजेन्द्र ढकाल, बुद्घभुमि ट्याक्सि ब्यवसायी अध्यक्ष विष्णु काफ्ले, पवित्र नगर टोल विकास संस्थाका अध्यक्ष दुर्गा रानाथोक, रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसी, लियो क्लब अफ बुटवल सिद्घबाबाका सचिव सनिल गुप्ता, दामने रसुल मुस्लिम सेवा समितिका अध्यक्ष मोहमद कलिम, संस्थाका सचिव श्याम तुलाचनले पिछडिएका बस्तिमा स्वस्थ्य, सरसफाईका क्षेत्रमा धेरै संघसंस्थाहरुसंग विभिन्न रचनात्मक कार्यक्रम गरिदै आएको बताए । अब्यवस्थित बसोबासीका रुपमा रहेको सो क्षेत्रमा ३ सय ९६ घरधुरी रहेका छन ।

अधिवेशनबाट श्याम तुलाचनको अध्यक्षतामा नया नेतृत्व चयन भएका छन । जसको उपाध्यक्षमा सावित्री कंडेल, सचिव विष्णु काफले, सहसचिव दयाराम भुषाल, कोषाध्यक्ष राम बहादुर रोक्का तथा सदस्यहरुमा सुमित्रा ज्ञवाली, बलराम पाण्डे, ओम भट्टराई, सावित्री गौतम, कलमनाथ केवट, मोहमद कलिम चयन भएका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको