२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सत्यवती टोलद्धारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । सत्यवति टोल विकास संस्थाले बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बिनापातेमा रहेको सत्यवति टोल विकास संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रम सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा टोल संस्थाको भवनमा खुल्ला रक्तदान गरिएको कार्यक्रमको वडा सदस्य माया दर्नालले उदद्धाटन गरिन ।

संस्थाहरुको अग्रसरताबाट नगर नमुना बन्ने भन्दै हिजो बिनापातेका नामले चिनिएको टोलमा टोलबासीको अग्रसरताबाट जागरण ल्याउने काम भएको बताईन ।

संस्थाका अध्यक्ष भिम केसीले टोलबासीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै सचेतना जगाउने, समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्ने काम गर्दै आएको बताए । कार्यक्रमका संयोजक मोहमद कलिमले ४० युनिट संकलन भएको बताए ।

कार्यक्रममा बुद्धभुमि ट्याक्सी ब्यवसायीका अध्यक्ष बिष्णु काफ्ले, संस्थाका सचिव श्याम तुलाचनले अब्यवस्थित बसोबासीका रुपमा रहेको सो क्षेत्रमा ३ सय ९६ घरधुरीमा स्वास्थ्य, सरसफाईका क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ४४ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३