१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सत्यवती टोलद्धारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । सत्यवति टोल विकास संस्थाले बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बिनापातेमा रहेको सत्यवति टोल विकास संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रम सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा टोल संस्थाको भवनमा खुल्ला रक्तदान गरिएको कार्यक्रमको वडा सदस्य माया दर्नालले उदद्धाटन गरिन ।

संस्थाहरुको अग्रसरताबाट नगर नमुना बन्ने भन्दै हिजो बिनापातेका नामले चिनिएको टोलमा टोलबासीको अग्रसरताबाट जागरण ल्याउने काम भएको बताईन ।

संस्थाका अध्यक्ष भिम केसीले टोलबासीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै सचेतना जगाउने, समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्ने काम गर्दै आएको बताए । कार्यक्रमका संयोजक मोहमद कलिमले ४० युनिट संकलन भएको बताए ।

कार्यक्रममा बुद्धभुमि ट्याक्सी ब्यवसायीका अध्यक्ष बिष्णु काफ्ले, संस्थाका सचिव श्याम तुलाचनले अब्यवस्थित बसोबासीका रुपमा रहेको सो क्षेत्रमा ३ सय ९६ घरधुरीमा स्वास्थ्य, सरसफाईका क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ४४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको