१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रुपन्देहीमा काँग्रेस पालिका निर्वाचनको परिणाम आउने क्रम शुरु, बुटवलमा खेलराज पाण्डे बिजयी



बुटवल । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही जिल्लामा सम्पन्न पालिका स्तरको निर्वाचनको परिणाम आउन शुरु गरेको छ । ५ वटा पालिकामा सर्वसम्मत निर्वाचन सम्पन्न भएको जिल्लाका पालिकाहरुको परिणाम प्राप्त हुन थालेको हो ।

जिल्लाका १६ स्थानीय तह मध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने जिल्लाका बाकी ११ वटा स्थानिय तहमा भने अन्तिमसमयसम्म सहमति हुन नसकेपछि निर्वाचन भएको छ । केन्द्रिय नेतृत्वको देखिएकाे समुहगत प्रभाव जिल्लामा पनि देखिएकाे छ।

नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोहमद सहित खाँ, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहित सबै टिम निर्बिरोध निर्वाचित भएका छन् ।
गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा महाधिवेशनको कार्यतालिका अनुसार शनिबार पालिका अधिवेशन भएको हो । राती अबेरसम्म मत परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयबाट जानकारी दिएका छन ।

बुटवल उपमहानगरमा सर्वाधिक मत अन्तरसहित पाण्डेयको ह्याट्रिक :

बुटवल उपमहानगरपालिमामा नगरबासीहरुले आकलन गरेझै नेपाली काग्रेसको नगर सभापतिमा खेलराज पाण्डेय विजयी भएका छन । उनले ४ सय १२ मत ल्याएका छन । देउवा र खाण नजिक मानिएकी उम्मेदबार रीता केसीलाई २ सय ८८ मत अन्तरले पराजित गर्दै आफनो लोकप्रियता समेत देखाउन सफल भएका छन । केसीले १ सय २४ मत ल्याएकी छिन । यसैगरि उपसभापती पदमा ज्योति भण्डारीले ४ सय ३ र हितमान पुनले २ सय ८२ मत सहित विजयी भएका छन । उपसभापति पदमा प्रतिस्प्रर्धीहरु नर बहादुर रजालीले २ सय ३८ र हरिलाल सुनारले १ सय २ मत ल्याए । सचिव पदमा गंगा पन्थीले ३ सय ७ र छाया पोखरेलले २ सय ९४ मतसहित विजयी भएका छन प्रतिस्प्रर्धीहरु जयप्रकाश भट्टराइले २ सय ३९ र सन्तोष पौडेलले १ सय ४८ मत ल्याए । सहसचिव पदमा देवलाल अर्गाली २ सय ९७ तथा अर्को सहसचिवमा खाण पक्षका गणेश घिमिरे ३ सय मतसहित विजयी भएका छन ।

तिलोत्तमामा २ मतले विजयी हुदै पुनः पाण्डे बने नगर सभापति :

तिलोत्तमा नगरमा भएको निर्वाचन परिणाममा देउवा लाईनका हरिलाल पाण्डे केवल २ मत अन्तरले विजयी हुदै सभापतिमा दोहोरिएका छन । उनले १ सय ७४ मत ल्याएका छन भने उनको प्रतिस्प्रर्धी नारायण न्यौपानेले १ सय ७२ मत ल्याएका छन । बागी उम्मेदबारी दिएका हरि तिवारीले ३० मत ल्याउदा यसको फाईदा पाण्डेलाई देखिएको छ । यसैगरि उपसभापतिमा कल्याण पौडेल २ सय ३८ र माया चौधरी २ सय ७ मतसहित विजयी भएका छन । उपसभापतिका प्रतिस्प्र्रीहरु मदु सुधन गैरेले १ सय ४८ र असोक कुमार क्षेत्रीले १ सय ४३ मत ल्याएका छन । यसैगरि सचिव पदमा पाण्डे लाईनकै प्रदिप थापाले २ सय ८ र हुमलाल पौडेलले १ सय ७८ मतसहित विजयी भएका छन भने सचिव पदमा प्रतिस्प्रर्धीहरु सोभा थापा १ सय ७४र प्रकाश गैरेले १ सय ४९ मत ल्याएका छन । सहसचिव पदमा दिपक थापाले २ सय ३८ र रमेश पराजुलीले २ सय ४० मतसहित विजयी भएका छन । प्रतिद्धन्द्धीहरु दिनेश कुवरले १ सय ३५ र केसरी उपाध्यायले १ सय १४ मत ल्याएका छन ।

सैनामैनामा रण बहादुर खनाल विजयी :

सैनामैना नगरमा भएको निर्वाचन परिणाममा देउवा लाईनका कृष्ण प्रसाद पोख्रेललाई २४ मतले पछि पार्दै रण बहादुर खनाल सभापतिमा विजयी भएका छन । खनालले १ सय २६ मत ल्याएका छन । यसैगरि उपसभापतिमा पनि उनकै प्यानलका लक्ष्मी आचार्य पौडेल १ सय ३४ र लोकमणी भट्टराई १ सय २४ मतसहित विजयी भएका छन । उपसभापतिका प्रतिस्प्रर्धीहरु निल प्रसाद थापाले ९२ र मिना श्रेष्ठले ९६ मत ल्याएका छन ।
यसैगरि सचिव पदमा अर्जुन पौडेल १ सय ३६ र कृष्ण कंडेल १ सय ११ मतसहित विजयी भएका छन भने सचिव पदमा प्रतिस्प्रर्धीहरु चुरामणी घिमिरेले १ सय ६ र सुभाष पौडेलले ९२ मत ल्याएका छन । सहसचिव पदमा मनु काउचाले १ सय २५ र शारदा रौतारले १ सय ४२ मतसहित विजयी भएका छन । प्रतिद्धन्द्धीहरु श्याम प्रसाद अधिकारीले ७५ र सुरेश परियारले १ सय १ मत ल्याएका छन ।

देवदहमा ३ मतले भुर्तेल विजयी :

देवदह नगरमा भएको मतदानमा गुनाखर भुर्तेल ३ मतको झिनो अन्तरले विजयी भएका छन । उनले १ सय ३ मतसहित सभापति पदमा विजयी भएका हुन । कुल खसेको २ सय ५ मतमध्ये प्रतिस्पर्धी झविन्द्र प्रसाद पाण्डेले एक सय मत ल्याएका छन । २ मत भने मदर भएको निर्वाचन अधिकृतले जनाएका छन । यसैगरि उपसभापतिमा १ सय १७ मतसहित प्रमोद खनाल र १ सय २ मत सहित उपसभापतिमा अमर लामिछाने विजयी भएका छन ।
उपसभापतिका प्रतिस्प्रर्धीहरु सावित्री यादवले ८९ र अर्का प्रतिस्प्रर्धी गोपिकृष्ण भण्डारी ७५ मत ल्याएका छन । सचिव पदमा गणेश तिमिल्सिना एक सय र नेत्रलाल रिजाल १ सय २ मतसहित विजयी भएका छन । यसैगरि सहसचिव पदमा मिलन मास्के राना १ सय १७ र
सहसचिव बैरागी थारु १ सय ४ मत सहित विजयी भएका छन ।

सिद्धार्थनगरमा खड्का प्यानल विजयी

सिद्धार्थनगर नगरपालिकामा भएको निर्वाचन परिणाम सस्थापन पक्षका कोसिस बहादुर खड्का सहित उनको प्यानल विजयी भएका छन । खड्काले १ सय ३९ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी सन्जीव शर्मा रेग्मीले ९३ मत र सभापती पदकै अर्का उम्मेदवार सन्जिव गुरुङले २ मत प्राप्त गरे । निर्वाचनमा कुल मत २ सय ४१ खसेको थियो ।

यस्तै उपसभापतीमा खड्का प्यानलकै देवराज न्यौपानेले १ सय २४ मत र किरण कुमार घिमिरेले १ सय १८ मत प्राप्त गरी बिजयी भएका छन् । उनिहरुका प्रतिद्वन्द्वी गौरब श्रेष्ठले १ सय ४ मत र घनश्याम यादवले ९७ मत प्राप्त गरे । सचिवमा अनिल कुमार केसी १ सय १७ मत र हरिमाया गुरुङ १ सय २१ मत ल्याइ बिजयी भएका छन् । उनिहरुका प्रतिद्वन्द्वी टिकाराम भट्टराईले १ सय ३ मत प्राप्त गरे भने सम्राट थापाले ९९ मत प्राप्त गरे ।

सहसचिवमा आदर्श गुरुङ् ९एडि०ले १ सय ३९ मत र कृष्ण कुमार चाइले १ सय २३ मत प्राप्त गर्दै बिजयी भएका छन । उनिहरुका प्रतिद्वन्द्वी ओजस शर्माले १ सय १ मत र प्रतीक भन्डारीले ८६ मत प्राप्त गरे । २ सय ४२ जना मतदाता रहेको सिद्धार्थनगर नगर पालिकामा २ सय ४१ जनाले मतदान गरेका थिए ।

रोहिणीमा तारकनाथ योगी निर्वाचित :

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी निर्वाचित हुनु भएको छ । शनिबार नै सम्पन्न अधिवेशनबाट अर्का उम्मेदवार ईकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित हुनु भएको हो । रोहीणी गाउँपालिकाका अन्य पदमा भने सर्वसम्मत भएको थियो । कुल १ सय २५ क्षेत्रीय प्रतिनिधी रहेको रोहिणीमा सभापतिमा निर्वाचित योगीले ७० मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्द्धी खाँले ५४ मत प्राप्त गरेको मतदान अधिकृत टिकाराम शर्माले बताए । एक मत बदर भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : १० बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको