७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

देशभर कांग्रेस अधिवेशन जारी, पालिकाहरुमा देउवाकै बर्चस्व



काठमाडौं । यतिखेर देशैभरि नेपाली कांग्रेसको नगर अधिवेशनको माहोल छ । नेपाली कांग्रेसले हिजो शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ । आज पनि कतिपय स्थानमा मतदान जारी छ । केही पालिकामा मतपत्र नै जलाइएको छ भने केही ठाउँमा झडपका कारण मतदान स्थगित गरिएको छ ।

नेपाली कांग्रेसको पालिका अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । पोखरा महानगरको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन्, उनी रामचन्द्र पौडेल पक्षका हुन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा पूर्व सांसद कञ्चन वादे श्रेष्ठ पक्षले उठाएका उम्मेद्वारहरुले हारेका छन्, बनेपामा उनले शान्ति रत्न शाक्यलाई सभापतिमा उठाएका थिए ।

बनेपा नगर सभापतिमा महेश कर्माचार्य विजयी भएका छन् भने बेथाञ्चोक गाउँपालिकाको सभापतिमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना आएका छन् । यी दुबै जना केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षका व्यक्ति हुन् । त्यस्तै पनौती नगरपालिको नगर सभापतिमा रामशरण भण्डारी सर्वसम्मत भएका छन् भने नमोबुद्ध नगारपालिकाको निर्वाचनबाट सर्वसम्मत रुपमा कुन्साङ लामा सभापति भएका छन् । यसैगरी पाँखाल नगरपालिकाका मेयर महेश खरेलले सञ्जय लामालाई सर्वसम्मत सभापति बनाएका छन् । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षको टिमले अधिकांश पालिकामा चुनाव जितेको छ । रुपन्देहीका ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए ।

बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् । पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी भए । तिलोत्तमा नगरपालिकामा देउवा समूहका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिएका थिए ।

रुपन्देहीकै सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाएका थिए । सिद्धार्थनगरमा देउवा पक्षकै कोसिश खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका हुन् । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् ।

१३ जिल्लाको क्रियाशील सदस्यको विवाद नमिलेका कारण ति जिल्लाको वडा अधिवेशन हुन सकेको छैन, जसमध्ये नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन । कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन । सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिका एक सदस्यले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : ०८ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै