४ पुस २०८२, शुक्रबार | December 20, 2025

देवदहलाई फार्मा कपको उपाधि



बुटवल । मेडिकल क्षेत्रमा कार्यरत औषधी विक्रेता तथा अस्पतालका कर्मचारीहरु बिच भातृत्व विकास गर्ने उदेश्यका साथ पहिलोपल्ट रुपन्देहीमा फुटसल प्रतियोगिता गरिएको छ ।

दि फार्मा टिमको आयोजनामा ग्रिन फिल्ड फुटसल ग्राउण्डमा शनिबार भएको प्रतियोगिताको उपाधि देवदह मेडिकल कलेजले हात पारेको छ । द फार्मा टिम भेनसलाई फाईनलमा २-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै उसले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि द फार्मा टिम भेनस उपविजेता बन्दै नगद १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी देवदहका विबेक श्रेष्ठ, फार्माकै आर्यन घर्तिमगर उत्कृष्ट किपर, हिमचुली मेडिकलका गोबिन्द सारु मगर सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।

एक समारोहका बिच वरिष्ठ न्युरोसर्जन डा.केआई सिहले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै खेलसंगै भातृत्व बिस्तार हुने बताए । प्रतियोगितामा रुपन्देहीका विभिन्न अस्पताल, फार्मा ईन्च्युटहरुसमेत गरि १४ वटा टिमहरुले प्रतिस्प्रर्धा गरेको संयोजक कंडेलले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको