७ बैशाख २०८३, सोमबार | April 20, 2026

देवदहलाई फार्मा कपको उपाधि



बुटवल । मेडिकल क्षेत्रमा कार्यरत औषधी विक्रेता तथा अस्पतालका कर्मचारीहरु बिच भातृत्व विकास गर्ने उदेश्यका साथ पहिलोपल्ट रुपन्देहीमा फुटसल प्रतियोगिता गरिएको छ ।

दि फार्मा टिमको आयोजनामा ग्रिन फिल्ड फुटसल ग्राउण्डमा शनिबार भएको प्रतियोगिताको उपाधि देवदह मेडिकल कलेजले हात पारेको छ । द फार्मा टिम भेनसलाई फाईनलमा २-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै उसले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि द फार्मा टिम भेनस उपविजेता बन्दै नगद १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी देवदहका विबेक श्रेष्ठ, फार्माकै आर्यन घर्तिमगर उत्कृष्ट किपर, हिमचुली मेडिकलका गोबिन्द सारु मगर सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।

एक समारोहका बिच वरिष्ठ न्युरोसर्जन डा.केआई सिहले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै खेलसंगै भातृत्व बिस्तार हुने बताए । प्रतियोगितामा रुपन्देहीका विभिन्न अस्पताल, फार्मा ईन्च्युटहरुसमेत गरि १४ वटा टिमहरुले प्रतिस्प्रर्धा गरेको संयोजक कंडेलले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : २७ बजे

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको