६ बैशाख २०८२, शनिबार | April 20, 2025

१० बुँदेले एमाले बैठकमा चर्काचर्की



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई/दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकमा सहभागी तेस्रो धारका केही केन्द्रीय सदस्यहरूले यो विषयलाई चर्को रूपमा उाठाएका थिए । विगतमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका तर नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमै बसेका ती नेताहरूले पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष ओलीलाई कारबाही गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए ।

बैठकमा ओली समूहका नेताहरूले आफ्नै पार्टीको सरकार गिराउने, पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा हटाउने खेलमा लागेका नेतालाई कारबाही गर्नुपर्ने माग गरेपछि तेस्रो धारका नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष ओलीलाई कारबाही गर्नुपर्ने आवाज उठाएका थिए ।

‘पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा दुई/दुईपटक विघटन गर्नेलाई कारबाही गर्न मिल्छ कि मिल्दैन ? असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले दुईपटक नै पुनस्र्थापना गर्यो । के संविधान र लोकतन्त्रको भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्नेलाई कारबाही गर्नुपर्दैन ? असंवैधानिक कार्य गर्ने हाम्रा अध्यक्षज्यू कतिपटक उठबस गर्नुपर्छ ?’ बैठकमा तेस्रो धारका एक नेताले प्रश्न गरेका थिए ।

बैठकमा सरकार गिराउने र प्रतिनिधिसभा विघटन गर्नेलाई कारबाहीको आवाज उठेपछि केहीबेर हंगामा नै भएको थियो । दोहारो सवाल जवाफ चलेपछि केहीबेर बैठक तनावपूर्ण बनेको थियो । तर, पछि शीर्ष नेताले यसबारेमा पनि छलफल गर्ने भन्दै कुरा मिलाएपछि बैठक निर्धारित कार्यक्रमअनुसार अगाडि बढेको एमाले स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा सुभाष शाहले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : २९ बजे

समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैन : गृह मन्त्रालय

काठमाडौँ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले लगाएको निषेधित

चितवन सेवा समाज बाँकेको शुभकामना तथा क्यालेन्डर विमोचन

नेपालगन्ज । चितवनबाट बाँकेमा बसोबास गरिरकेकाहरुको संगठन चितवन सेवा समाज

न्यू डाँफेको नेतृत्वमा दोस्रो पटक तिलकबीर सुनार, आगामी वर्ष गोल्ड कपको घोषणा

खजुरा । बाँके जिल्लाकै जेठो क्लब मध्यको न्यू डाँफे स्पोर्ट्स

लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल : भारतीय टिमलाई ४-० ले पराजित गर्दै पुलिस क्लव विजयी

नेपालगन्ज । नेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल

१० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिता सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप