१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

अदालतको गेटैमा खुकुरी प्रहार



मोरङ । विराटनगरमा एक उद्योगीमाथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका-८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो ।

आइतबार दिउँसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र पाखुरामा गहिरो चोट लागेको छ । गम्भीर घाइते भएका लामाको विराट नर्सिङको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।

उच्च अदालतकै दक्षिणपट्टि रहेको एक वकिलको कार्यालयमा पुगेर दक्षिणतर्फ जाने क्रममा उच्च अदालत परिसर अगाडि आइपुग्दा उनीमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पूर्वतर्फबाट आएका अज्ञात आक्रमणकारीले लामालाई आक्रमण गरेको लामासँगै रहेका कटहरी-६ का सुभासकुमार सरदारले बताए । खुकुरी प्रहार गरेर लामालाई लडाएपछि आक्रमणकारी उत्तरतर्फ भागेको सरदारको भनाइ छ ।

लामाको साथीसमेत रहेका सरदारले आक्रमणकारीलाई आफूहरुले चिन्न नसकेको समेत बताए । घाइते लामाले बितेको दुई वर्षयता कटहरी गाउँपालिका-६ मा मोरङ राजधानी इँटा उद्योग सञ्चालन गर्दै आएका छन् ।

व्यापारिक लेनदेनका कारण लामामाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । सो विषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले लामालाई खुकुरी प्रहार गर्ने विराटनगर-११ का २७ वर्षीय विमल कार्कीलाई नियन्त्रणमा लिएको बताए । यतिखेर अनुसन्धान जारी रहेकाले खुकुरी प्रहारको कारण खुल्न नसकेको उनले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : २१ बजे

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई