२४ मंसिर २०८२, बुधबार | December 10, 2025

अदालतको गेटैमा खुकुरी प्रहार



मोरङ । विराटनगरमा एक उद्योगीमाथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका-८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो ।

आइतबार दिउँसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र पाखुरामा गहिरो चोट लागेको छ । गम्भीर घाइते भएका लामाको विराट नर्सिङको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।

उच्च अदालतकै दक्षिणपट्टि रहेको एक वकिलको कार्यालयमा पुगेर दक्षिणतर्फ जाने क्रममा उच्च अदालत परिसर अगाडि आइपुग्दा उनीमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पूर्वतर्फबाट आएका अज्ञात आक्रमणकारीले लामालाई आक्रमण गरेको लामासँगै रहेका कटहरी-६ का सुभासकुमार सरदारले बताए । खुकुरी प्रहार गरेर लामालाई लडाएपछि आक्रमणकारी उत्तरतर्फ भागेको सरदारको भनाइ छ ।

लामाको साथीसमेत रहेका सरदारले आक्रमणकारीलाई आफूहरुले चिन्न नसकेको समेत बताए । घाइते लामाले बितेको दुई वर्षयता कटहरी गाउँपालिका-६ मा मोरङ राजधानी इँटा उद्योग सञ्चालन गर्दै आएका छन् ।

व्यापारिक लेनदेनका कारण लामामाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । सो विषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले लामालाई खुकुरी प्रहार गर्ने विराटनगर-११ का २७ वर्षीय विमल कार्कीलाई नियन्त्रणमा लिएको बताए । यतिखेर अनुसन्धान जारी रहेकाले खुकुरी प्रहारको कारण खुल्न नसकेको उनले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : २१ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय