१९ बैशाख २०८१, बुधबार | May 1, 2024

मैत्रीपूर्ण फुटबलः नेपाल ओमानसँग फराकिलो गोल अन्तरले पराजित



काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ । आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २-१ गोल अन्तरले अग्रता बनाएको बलियो टोली ओमानले दोस्रो हाफमा अग्रता बढाएको थियो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले २ गोल गरे । फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले १/१ गोल गरे ।

नेपालका लागि आयुस घलान र अनन्त तामाङले १र१ गोल फर्काए । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए । नेपाली टिम आज माल्दिभ्स प्रस्थान गर्दैछ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : २४ बजे

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ