७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस अधिवेशन : पालिकामा देउवा पौडेलमा को अघि ? यस्तो छ तथ्यांक



काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनका लागि चयन भएका पालिकास्तारका प्रतिनिधिहरुको परिणाम आइरहेको छ । यसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको भएपनि अहिलेसम्मको देशैभरिको परिणाम हेर्दा भने देउवाको नै बर्चस्व देखिएको छ ।

शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका थिए । यो प्रतिस्पर्धामा गण्डकीका केही स्थानमा पौडेल पक्ष अघि देखिएपनि उता सुदूरपश्चिममा भने करिब ९० प्रतिशत नै देउवाको प्यानल नै विजयी भएको देखिएको छ ।
आइतबार साँझसम्म ३ सय १४ स्थानीय तहको नतिजा आएकामध्ये १ सय ६४ मा देउवा (केहीमा कृष्णप्रसाद सिटौलासहित) समूहका सभापति चुनिए भने १ सय ४३ पालिकामा पौडेल समूहका सभापति आएका छन् । सात स्थानीय तहमा कतै नखुलेका नेता सभापति बनेका छन् ।

केन्द्रीय निर्वाचन समितिले आइतबारसम्म ५४ जिल्लामा पालिका अधिवेशन भएको जनाएको छ । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लाको पालिका अधिवेशन भने हुन बाँकी छ । निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए ।

देउवा र पौडेल समूहको आ–आफ्नो प्रदेशमा वर्चस्व देखिएको छ । सुदूरपश्चिममा निर्वाचन सम्पन्न भएका ६५ पालिकामध्ये करिब ५० पालिकामा देउवा समूह र १५ पालिकामा पौडेल समूहका सभापति निर्वाचित भएका छन् । सुदूरपश्चिम देउवाको गृहप्रदेश हो ।
पौडेलको गृहप्रदेश गण्डकीका ८५ स्थानीय तहमध्ये आइतबार साँझसम्म ६७ स्थानीय तहको नतिजा आएको छ । तीमध्ये ४० पालिकामा पौडेल र २३ पालिकामा देउवा समूहका उम्मेदवार सभापतिमा चुनिएका छन् ।

लुम्बिनी प्रदेशमा आइतबार साँझसम्म नतिजा आएका ७० स्थानीय तहमध्ये पौडेल समूहका ३३, देउवा समूहका २८, शशांक कोइराला समूहका ३ र तटस्थ ६ जना पालिका सभापति निर्वाचित भएका छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये ५४ वटामा अधिवेशन सम्पन्न भएको छ ।

तीमध्ये ४४ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने १० स्थानीय तहमा निर्वाचन भएको छ । अधिवेशन सम्पन्न भएका स्थानीय तहमा देउवा समूहका २८ र पौडेल समूहका २५ जना सभापति निर्वाचित भएका छन् । जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा कतै खुलेका छैन ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई