२६ माघ २०८२, सोमबार | February 9, 2026

आजबाट काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरूद्ध खोप



काठमाडौं । आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अस्पताल तथा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुतीगृहमा खोप केन्द्र निर्धारण गरिएको छ ।

बाँकी पालिकाका खोप केन्द्रमा खोप लगाइने जनाइएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : २१ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी